Rashtriya Dainik

युवा समाजसेवी मिर्जा राशिद बेगको सहकार्यमा सेवाग्राहीका लागि पानी र टेन्टको व्यवस्था

कृष्णनगर, भाद्र २२

कपिलवस्तु जिल्लाको कृष्णनगर बजारमा अवस्थित नेपाल इन्भेष्टमेंट बैंक लिमिटेडको व्यवस्थापन तथा युवा समाजसेवी मिर्जा राशिद बेगको सहकार्यमा सेवाग्राहीका लागि पानी र टेन्टको व्यवस्था भएको छ l

कृष्णनगर बजारमा रहेको नेपाल इन्भेष्टमेंट बैंक लिमिटेडमा कृष्णनगर नगरपालिकाका सेवाग्राही सामाजिक सुरक्षा भत्ता लिन आंउदा समय लाग्ने भएकाले सेवाग्राही हरू घाममा वस्नु पर्ने तथा गर्मीका कारण तिर्खा लाग्नु स्वाभाविक हुन्छ l
उक्त बैंकमा कामका सिलसिलामा इमबार्क इण्टरनेशनल नेपालका संचालक तथा युवा समाजसेवी समेत रहनु भएका मिर्जा राशिद बेग जांदा सेवाग्राही हरु घाममा बसेको देख्दा तत्काल बैंकका मैनेजर राकेश प्रसाद मल्ली संग सहकार्य गरेर सेवाग्राहीका लागि टेन्ट, पानी, मिठाईको व्यवस्थापन गराए l
युवा समाजसेवी मिर्जा राशिद बेगले बताएकी आफू त्यहाँ जांदा बृद्ध, महिला लगायत अन्य घाममा बसेको देख्दा मैले सेवाको भावना र मानवताका लागि सहकार्य गरेको र त्यहाँ दुई जना व्यक्ति लाई समेत राखेर सामाजिक सुरक्षा भत्ता लिन आउने सेवाग्राही लाई पानी खुवाउन समेत जिम्मा लगाएको बताउदै उक्त व्यवस्था तीन चार दिन सम्म निरन्तर रहने बताउनुभयो l
नेपाल इन्भेष्टमेंट बैंक द्वारा कृष्णनगर नगरपालिका वडा नं १ र १२ को सामाजिक सुरक्षा भत्ता वितरण यहि बैंक मार्फत भइरहेको र सामाजिक सुरक्षा भत्ता लिने सेवाग्राही को संख्या बढेकाले सबै लाई बैंक भित्र ल्याउन नसक्ने हुदाँ युवा समाजसेवी मिर्जा राशिद बेगको सहकार्यमा सेवाग्राही का लागि उक्त व्यवस्थापन गरिएको नेपाल इन्भेष्टमेंट
बैंक लिमिटेड कृष्णनगर शाखा इन्चार्ज राकेश प्रसाद मल्ली ले बताए l उक्त व्यवस्थापनले राहत भएको र व्वस्थापन तथा सहकार्य गर्ने लाई विशेष धन्यवाद रहेको एकजना सेवाग्राही ले बताए l

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित