बझाङ्ग -योगेश सिंह
बझाङ्ग जिल्लाको बुङ्गल नगरपालिका वडा नम्बर ७ अन्तर्गत पर्ने महादेव उ.मा.बि नजिकै पर्ने गिठिनि भिर बाट गएको पहिरोले गर्दा बन्द भएको सडक खोल्ने काम सुरु भएको छ ।
पहिरोले गर्दा जिल्लाको बुङ्गल नगरपालिका वडा नम्बर ६ र ७ को आधा भाग जोड्ने कफलसेरि देखि गडुलानि (सानिगाड हाइड्रोपावर को इन्लेट) सम्मको सडक गत भाद्र ४ गते देखि अबरुद्ध भएको थियो ।
उक्त अबरुद्ध सडक खोल्न हिजो मात्रै हाइड्रोपावर को मेसिन घटनास्थल पुगेको थियो । मेसिन घटनास्थल पुगेर बाटो खोल्ने काम सुरु गर्दा स्थानियले क्षतिपूर्तिको माग गर्दै बाटो खोल्ने काम अबरुद्ध गरेका थिए ।
स्थानिय पहिरो पिडितपक्षले काम अबरुद्ध गर्दा हिजो दिन भरि बाटो काट्ने काम रोकिएको थियो ।
यस बिसयमा स्थानिय जनप्रतिनिधि वडा नम्बर ६ र ७ का वडा अध्यक्षद्वय धन .ब सिंह र टंक प्रसाद जोशि ,इलाका प्रहरि कार्यालय बुङ्गल झापाको टोलि त्यसै गरि माओवादी केन्द्र नगर कार्यालय सदस्य जय ब कार्कि र अन्य बुद्धिजीवी ब्यक्ति हरु लगायत पहिरो पीडित ब्यक्ति हरु मिलेर आपसि छलफल गरि सडक खोल्ने भन्ने सहमति भएको स्थानियले बताए ।
उक्त बिसयमा बोल्दै एक स्थानिय पहिरो पिडित नरेश दमाइ भन्छन ,”हामिले दिन भरि काम अबरुद्ध गर्यौ र क्षति पुर्तिको माग गर्यौ , संबंधित निकायले ध्यान दियो र लिखित सम्झौता का साथ बाटो खोल्न दियौ ।” अब छिट्टै उचित क्षतिपूर्ति सहित पानी निकासको काम पनि होस नभए हामि फेरि हामि आन्दोलन गर्न तयार हुनेछौ “।
त्यसै गरि अर्का ब्यक्ति राम ब धामि भन्छन दुइ वटै वडा अध्यक्ष ,नेपाल प्रहरिको टोलि र अन्य ब्यक्तिहरु को बिच कुराकानी भएर हामिलाई लिखित सम्झौता दिएको छ । अब छिट्टै हाम्रो माग पुरा होस झिनो आश्वासन मात्रै दिने काम नहोस नभए हामि फेरि अरु बिकल्प तिर लाग्ने छौ ।
यस बिसयमा बु.न.पा ६र ७ का वडा अध्यक्षद्वय धन ब सिंह र टंक प्रसाद जोशि सङ्ग बुझ्दा उहाहरु भन्नुहुन्छ ” हामिले पहिरो पिडित पक्षसङ्ग दिन भरि छलफल गर्यौ र बालिनालिको मुअब्जा दिने ,पहिरोले गर्दा पुरिएको जमिन खालि गरेर खेती योग्य बनाउने र आवस्यक स्थानमा तटबन्धन को ब्यवस्ता सहित तालको पानी कम भए पछि ताल खोल्ने भन्ने बिसयमा लिखित सम्झौता गर्यौ र बाटो खोल्ने काम तिर लाग्यौ , हामिले जिल्ला प्रसासन कार्यालय र बुङ्गल नगरपालिकाको कार्यालय मा पनि कुरा गरिसकेका छौ अब छिट्टै पिडित पक्षले उचित क्षतिपूर्ति पनि पाउनेछ्न ।
ढिलै पनि सबैको सहयोगले गर्दा बाटो खोल्ने काम सुरु हुदा स्थानिय हरु खुसि देखिन्छन ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

