राजन कुमार बानिया
पर्सा २१ भदौ
नेकपा एमाले का युवा संग ले अाज पर्साको धोबिनी गाँउपालिकामा विभिन्न आर्थिक बर्षमा भएको काम काज को सुचना को मांग गदै ज्ञापनपत्र बुझाउन गएको थियो । नेकपा का धोबिनी युवा संघको अगुवाईमा बिहान निस्केको दबाब मुलक मोटरसाईकल र्याली पछि विभिन्न मांग सहित १५ बुंदे ज्ञापनपत्र बुझाउदा गाउँपालिका ले बुझेन
धोबिनी चोकबाट सुरु भएको दबाब स्वरुप मोटरसाईकल र्याली गाँउपालिका कार्यलय मा गाँउपालिका अध्यक्ष सुरेश प्रसाद कुर्मीलाई ज्ञापनपत्र बुझाइउदा गाउँपालिकाका अध्यक्षले न बुझेको युवा संघका अध्यक्ष रामाधार पटेलले बताए । युवा संघ ले गाउँपालिका गेट अगाडि बिरोध गरि नारा बाजि समेत गरेका छन।
बिहान ११ बजे गाँउपालिका अध्यक्ष सुरेश प्रसाद कुर्मीलाई ज्ञापनपत्र बुझाउदा अध्यक्ष लागाएत कसैले ज्ञापनपत्र न बुझेको संघका अध्यक्ष पटेलले बताए ।
लामो समयदेखि गाँउपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले काम नै नगरी बजेट पचाएको ,बिकाश गरेपनि गुणस्तरहिन गरेको ,जनता काम र गुनासो सम्बोधनमा जनप्रतिनिधि वेवास्ता गरेको गुनासो बढेपछि उजागर गर्न अगाडी बढेपछि अध्यक्षले केही न बोली कोठा भित्र गएर बसेको पटेलले बताए ।
उनले गाँउपालिकाका जनप्रतिनिधिले गत आर्थिक बर्ष देखि कर्मचारीको मिलोमतोमा नितिगत भ्रष्टचार गरेको तथ्य फेला परेपछि ज्ञापनपत्र मार्फत पालिकाको विकृति उजागर गर्न थालिएको बताए जिनसीमा पनि करोडौंको भ्रष्टाचार गरेका छन । ज्ञापनपत्रमा उल्लेखित माग यथाशिघ्र उपलब्ध नगराए चरणबद्ध रुपमा आन्दोलनमा जाने चेतावनी दिईएको उनले बताए ।
ज्ञापनपत्र बुझाउन गएको टोलीमा अमिका पटेल ,हरि पटेल ,समुल मिया ,सदाम अहमद , लगायत धेरै जनाहरुको सहभागीता रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

