संजय कुशवाहा /नवलपरासी २१ भदौ
पश्चिम नवलपरासीमा २ मोटरसाईकल र एक अटोरिक्सा सहित ८ लाख ९ हजार मुल्य बराबरको अवैध मालसामान प्रहरीले बरामद गरेको छ ।
प्रहरीले अवैध भन्सार छली चोरी पैठारीमा संलग्न २ वटा मोटरसाईकल र एक अटो रिक्सा सहित अंन्दाजी ८ लाख ९ हजार ३ सय ५० मुल्य बराबरको अवैध मालसामान जिल्लाका बिभिन्न स्थानबाट प्रहरीले बरामद गरेको हो । सोमबार बिहान भारतबाट भन्सार छली अवैध रुपमा ल्याउदै गरेको अन्दाजी ४१ हजार ८ सय ५० मुल्य बराबरको भेष्ट, हाप पाईन्ट, कट्टु, सर्ट लगायतका बिभिन्न कपडा सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले पाल्हिनन्दन गाउँपालिका वडा नं.२ भक्सिपुर स्थितबाट बरामद गरेको हो । उक्त बरामद सामान मोटरसाईकलमा ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि सामान फाली मोटरसाईकल सहित मानिस भागेका थिए ।
यसैगरी दिउँसो गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सुस्ता गाउँपालिका वडा नं. १ वरुवा स्थितबाट तस्करीमा संलग्न एक अटो रिक्सा र चालक सहित अन्दाजी ५ लाख ८३ हजार ५ सय मुल्य बराबरको पोलो कम्पनीको टिसर्ट ४ सय ८१ पिस, २१ मिटर थान कपडा पक्राउ गरेको छ । उक्त कपडा भारतबाट भन्सार छली अवैध रुपमा अटो रिक्सामा राखि नेपाल तर्फ ल्याउदै गरेका थिए ।
यसैगरी सोही समयमा भारतबाट नेपाल तर्फ यु पी५६ आर१७४२ र यु पी५७ एजे ४५३१ नम्बरका २ वटा भारतीय मोटरसाईकलमा राखि अवैध रुपमा ल्याउदै गरेको अन्दाजी १ लाख १४ हजार मुल्य बराबरको ७ थान १२ भोल्टको ब्याट्री सहित उल्लेखित २ वटै मोटरसाईकल प्रहरी चौकी गेर्मीबाट खटिएको प्रहरी टोलीले पाल्हिनन्दन गाउँपालिका वडा न. ४ लहरौली स्थितबाट बरामद गरेको छ । उक्त सामान मोटर साईकलमा ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि सामान र मोटरसाईकल फाली मानिस भागेका थिए ।
उक्त बरामद सम्पुर्ण २ वटा मोटरसाईकल, एक अटोरिक्सा, अटोरिक्सा चालक र सम्पुर्ण मालसामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक राजु लामाले बताएका छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

