Rashtriya Dainik

परासी स्थित बिद्युत शब स्टेशनबाट पुन विद्युत् आपूर्ति सुचारु

नवलपरासी , २० भदौ ⁄ गत भदौ ११ गतेबाट विद्युत् आपूर्ति बन्द भएको पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र अन्तर्गतको बिद्युत शब स्टेशनबाट पुन विद्युत् आपूर्ति सुचारु भएको छ ।
केही दिनको अविरल वर्षा र डुबानका प्राविधीक उपकरणमा समस्या आएपछि बन्द भएको बिद्युत आपुर्ति शबस्टेशनको विभिन्न प्राविधिक उपकरणको आवश्यक सरसफाई र मर्मत सम्भार भएपछि शबस्टेशनबाट पुन विद्युत् आपूर्ति सुचारु भएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र परासीका प्रमुख चुटुनकुमार श्रीवास्तवले जानकारी दिनुभयो ।
वर्षा र डुबानका कारण सो शबस्टेशनको ब्रेकरलगायत अन्य उपकरणमा पानी जमेकाका कारण गत भदौ ११ गतेबाट शब स्टेशनमा विद्युत् आपूर्ति बन्द भएको थियो् । शबस्टेशन सञ्चालनका लागि आवश्यक जनशक्ति व्यस्थापन गरी मर्मत सम्भारको काम सम्पन्न गरी विद्युत् आपूर्ति सुचारु भएको प्रमुख श्रीवास्तवले जानकारी दिनुभयो ।
परासी वितरण केन्द्रअन्तर्गत सूर्यपुरा, सुनवल, महेशपुर र बञ्जरियास्थित कार्यालय पर्दछन् । यो केन्द्रअन्तर्गत कूल ४४ हजार ग्राहक छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित