नन्दु यादव/ भाद्र १९ नवलपरासी
केही दिन अगाडि मात्र आएकाे बाढिले आमनागरिकहरुकाे जिवन तहसनहस बनाएकाे छ ।बाढिले हजाराै घरपरिवार घरबिहिन भएका छन भने कतिपय घरपरिवारलाई दुईछाक टार्न समेत समस्या रहेकाे छ ।बाढिपिडित तथा अतिबिपन्न परिवारलाई मध्य नजर गर्दै प्रभावशाली बचत समूहले अाज राहत सहयाेग गरेकाे छ ।समुहले प्रतापपुर गाउँपालिका वडा न २काे कालीटोला र वडा न ४काे बर्दघाटेमा बाढीपिडित लाई ४२हजार बराबरकाे राहत वितरण गरेको हाे। कालीटोलामा १७ घरदुरी र बर्दघाटेमा १५ घरदुरी लाई राहत बितरण गरिएकाे प्रभावशाली बचत समुहका सयाेजक दिनेश यादव ले बताउनु भयाे । चामल नुन तेल प्याज मसाला खुर्सानी लगायतकाे सामान सहयाेग गरेकाे यादवले बताउनु भयाे ।राहत सामान ग्रहण गर्दै बाढिपिडितले प्रभावशाली समूह हामी पिडितकाे सहारा बनेकाे बताएका थिए । समुहले नेपालमा काेराेनाकाे समयमा पनि स्वास्थ्य सामाग्री सहयाेग गरेकाे र अाउने दिनमा पनि सहयाेग गर्न प्रतिबद्ध रहेकाे समुहका सदस्य राजुप्रसाद यादव बताउनु भयाे । वहा लुम्बिनी प्रदेश न्युज को सन्चालक समेत हूनुहुन्छ।प्रभावशाली समुहका सदस्य हरु जापान ,मलेसिया ,साउदि कतार ,नेपाल लगायतकाे देशमा राेजगारीकाे शिलशिलामा हुनुहुन्छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

