बर्दघाट १९ भाद्र : क्रान्तिकारी युवा लिग पश्चिम नवलपरासीले बिकृति बिसङ्गतिका विरुद्ध युवाहरुलाई सचेत गराउन डेढ महिने युवा अभियान संचालन गर्ने भएको छ । शनिवार बर्दघाटमा सम्पन्न युवा लिगको जिल्ला बैठकले भ्रष्टाचार कमिशनखोरी बलात्कार जस्ता बिकृति विरुद्ध सचेतना अभियान संचालन गर्ने निर्णय गरेको जिल्ला अध्यक्ष पूर्ण प्रसाद पोखरेलले बताउनुभयो । उहाँका अनुसार यो अभियान अन्तरगत जिल्लाका सबै स्थानीय तहमा सङ्गठनको सन्जाल बिस्तार गरिनेछ । त्यस्तै बैठकले जिल्ला भेला देखि यताको सात महिने अवधिको समिक्षा समेत गरेको छ । क्रान्तिकारी माओवादीको राजनिती; सम्पर्क ; संगठन र सङघर्स अभियान सङ्ग तालमेल गर्दै युवाहरुलाई उत्पादनमा समेत जोड्ने योजना रहेको सचिव पुस्पराज नेपालीले जानकारी दिनुभयो । बैठकले युवा लिगको जिल्ला सदस्यमा नर बहादुर रानालाइ थप गरेको उपाध्यक्ष राजेन्द्र न्यौपानेले बताउनुभयो । कार्यक्रममा क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी चोला ; क्रान्तिकारी माओवादी प्रदेश सदस्य तथा युवा लिगका फ्र्याक्सन ईन्चार्ज समर ; पार्टीका जिल्ला सचिवालय सद्स्य न्युक्लियसलगायतको आतिथ्यता रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

