Rashtriya Dainik

क्रान्तिकारी माओवादी बर्दघाट-४ देविनगर टोल भेला सप्पन्न

पुस्पा गिरी /नवलपरासी १९ भाद्र : मोहन बैध्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी ) बर्दघाट नगर समितिले संगठन सुदृढीकरण तथा बिस्तार अन्तर्गत बर्दघाट -४ देबिनगर टोल भेला तथा अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न गरेको छ । भेलाले सेती थापाको नेतृत्वमा ९ सदस्सिय देविनगर टोल समिति गठन गरेको हो । क्रान्तिकारी माओवादी बर्दघाट नगर सेक्रेटरी रामचन्द्र पोख्ररेलका अनुसार टोल समितिमा जयस्वर; गिरिराज ; अप्सरा; लालुमाया ; देउबहादुर ; गङगालगायत चयन हुनुभएको छ । त्यस्तै टोल टोलमा पार्टीको प्रारम्भिक (सेल) समिति जनबर्गिय सङगठन एवं मोर्चा गठन कार्य तिब्र बनाइएको पोखरेलले जानकारी दिनुभयो । भेलामा प्रमुख अतिथि सो पार्टीका लुम्बिनी प्रदेशका सचिवालय सदस्य तथा जिल्ला सेक्रेटरी छबिलाल खरेल; क्रान्तिकारी पत्रकार महासङ्घका केन्द्रीय कोषाध्यक्ष तथा प्रदेश सम्योजक रवि पान्डेय; क्रान्तिकारी माओवादीका जिल्ला सचिवालय सदस्य तथा बर्दघाट नगर इन्चार्ज चुडामणि भण्डारीलगायतले बोल्नुभएको थियो । कार्यक्रममा सहभागीले दलाली भ्रष्टाचारि कमिशनखोरीका विरुद्ध पार्टीले आन्दोलन छेड्नुपर्ने सुझाब दिएका थिए । युवा बिद्यार्थी ;महिला ;मजदुर; किसान; दलित र जनजातिको मागलाई पार्टीले विशेष ध्यान दिनुपर्ने उनिहरुको भनाइ थियो । कार्यक्रम क्रान्तिकारी माओवादीका जिल्ला सदस्य ज्ञानबहादुर खत्रीको महतोको अध्यक्षतामा भएको थियो ।त्यस्तै सोही भेलाबाट लक्ष्मी सुनारको संयोजकत्वमा ११ सदस्यीय अखिल नेपाल महिला संघ क्रान्तिकारी टोल समिती गठन गरेको छ । क्रान्तिकारी माओवादी पश्चिम नवलपरासीले यहि भाद्र २५ गते बर्दघाटमा राजनीति ; सम्पर्क ; संगठन र सङघर्स ( राससस) अभियान उदघाट्न गर्दैछ । डेढ महिने अभियानमा जिल्लाको सबै स्थानीय तहमा पार्टी बिस्तार हुने क्रान्तिकारी माओवादी पश्चिम नवलपरासीले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित