Rashtriya Dainik

रुपन्देही लगायत अन्य ३५ जिल्लामा १४ औं वडा अधिबेशन सम्पन्न

रुपन्देहीको सियारी गा.पा.६ बर्दहवाको गुरुङ समाजमा भयेको १४ औं महाधिवेशन निर्बिरोध तरिकाले सम्म्पन्न भयएको छ।
नेपाली काङ्ग्रेस वार्ड ६ का सभापति जाेगिन्द्र बानियाको सभापतित्व एवम् महाधिवेशन प्रतिनिधि बुध्हिराम हरिजनको प्रमुख आतिथ्यतामा कार्यक्रम गरियेको हो।
महाधिवेशनमा विभिन्न तहका श्रेत्रिय प्रतिनिधी एवम ११५ जना कृयाशिल सदस्यहरुको उपस्थित रहेको थियो ।
अधिबेशन कार्यक्रममा श्रेत्रिय प्रतिनिधि सरस्वती भट्टराईले स्वागत मन्तव्य दिनुभएको थियो यस्तै गरि स्वगतमा उपसभापति सुर्य नारायण यादबले अबको १४ औं महाधिवेशनमा नयाँ युवाहरुलाइ समाबेश गर्नु पर्छ । गुट र गिरोहलाई समाप्त गर्नु पर्छ अनि मात्र हामी नेपाली काङ्ग्रेस बलियो र पारदर्सी हुनछौ साथै नव निर्वचित हुनेहरुलाई अग्रिम बधाई भन्दै सुभकामना मन्तव्य दिनु भयेको थियो।
त्यस्तै अन्य प्रतिनिधिहरु पनि आफ्नो धारणा सहित शुभकामना मन्तव्य दिनु भयेको थियो ।
अधिबेशनमा नेपाली काङ्ग्रेसको नियमावलीलाई जिल्ला निर्वाचनबाट खटियका लाल बहादुर थारुले प्रष्ट पार्दै कार्यक्रमलाई अगाडि बधाउनु भयेको थियो । १४ औं महाधिवेशनमा वार्ड स्तरीयबाट सभापतीमा मीन बहादुर रोकाहा , उपसभापतिमा टीकाराम रानाभाट , रिता शर्मा उपसभापति , सचिवमा राजन चौधरी यसैगरि सचिवमा नै भेशराज अर्याल , सह सचिबमा मैना रानाभाट र भोजराज सुवेदी , सदस्यमा राम केवल यादब , धन्माया ढुङ्गाना नन्दकला अर्याल , शुरेश बनिया, केसब थारु ,रुपकला सार्की , नाथु थारु, सीता थापा, गरि १५ सदस्यीय निर्बिरोध चयन गरियको छ ।
त्यस्तै श्रेत्रिय प्रतिनिधिमा सरस्वती भट्टराई , मुथु पौडेल , चैतु तेलि सुरज ज्ञवाली सुर्य नारायन यादब टीका कुमारि थापा रत्न बहादुर पौडेल धर्मेन्द्र थापा खिम नाथ सापकोटा बुध्हिराम हरिजन दलित बाट शेष मोहम्मद खा मुस्लिमबाट,थारुबाट रमेश चौधरी ,रमा थारु, मधेसीबाट हुमा कुमारि यादब ,निक्लेस बनिया, शान्ति चौधरी भिम बहादुर थापा ,खस आर्यबाट गुम्बिर गुरुङ जनजाति सर्ब सम्मानितले मनोनीत हुनुभयको छ .। कार्यक्रम चैतु तेलिले गर्नु भएको थियो भने कार्यक्रममा निबर्तमान उपसभापति सुर्य नारायण यादबले रजिस्ट्रर हस्तान्तरण गरि कार्यक्रम समापन नव निर्वाचित सभापती मीन बहादुर रोकाहाले गर्नु भयेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित