Rashtriya Dainik

नेपाली काङ्ग्रेस सियारी -४ को वडा अधिवेशन

सियारी, भाद्र १८
नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तरगत रुपन्देहीको सियारी गाउपालिका वडा नम्बर -४ को नेपाली काङ्ग्रेस वडा समितिको अधिवेशन सम्पन्न भयो।नेपाली काङ्ग्रेस कृयाशिल सदस्यहरुको वडा भेलाले सर्वसम्मत रुपमा निर्वाचन सम्पन्न भएको हो। जसको वडा सभापति प्रभु यादव सर्वसम्मत निर्वाचित हुनुभएको । त्यसै गरी उपसभापतिमा शिवनाथ यादव र इन्द्र प्रसाद न्यौपाने , सचिवमा रामजित यादव र पर्शुराम न्यौपाने , सहसचिवमा गोविन्द बनिया र गिता देवकोटा ,सदस्यहरुमा सदा वृक्ष यादव ,मधुसूदन मरासिनी ,चन्द्रपाल यादव ,अल्गु मुराउ ,प्रल्हाद यादव ,समीउल्लाह तेली ,नेत्र कुमारी पोख्रेल ,लालुमाया भट्टराई , सङ्गिता भर सर्वसम्मत निर्वाचित भएका छन् ।
क्षेत्रीय प्रतिनिधिहरुमा होम बहादुर देवकोटा ,श्रीराम यादव ,गोपाल पाण्डे ,गणेश कुमार अधिकारी ,थानेस्वर घिमिरे ,मोतिलाल गैरे निर्वाचित हुनुभएको छ।महिला खुलामा तारा गैरे,प्रतीक्षा शाह र माया थापा निर्वाचित हुनुभएको छ।
आरक्षण तर्फबाट गणेश प्रसाद गौतम ,कोपिला अधिकारी ,डुठे थारु ,विशम्भर यादव ,बिष्णुमाया जैसवाल सुवेदी र इन्द्रमणी अधिकारी निर्वाचित हुनुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित