भैरहवा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ३ को वडा सभापतिमा प्रकाश सिंह निर्विरोध चयन भएका छन् ।
उपसभापतिमा चन्द्रसेठ थारु, अनिता कुमारी चौधरी, सचिवमा बालुनारायण चौधरी, श्रीदेवी थारु, सहसचिवमा धर्मेन्द्र वरुण र ज्ञान प्रकाश श्रेष्ठ रहेका छन् ।
त्यसै गरि सदस्यहरुमा कृष्ण कुमार यादव, कृपाभुषण दुबे, जुवेद अहमद, गोरख चाई, कमलेश कुमार चौधरी, बन्दना चौधरी, सुमितरी थारु, अयोधिया थरुनी, राजकुमार श्रीवास्तव, शम्भु राज चौधरी, राज कुमार यादव, देवानन्द थारु, नाथु थारु, धर्मेन्द्र थारु र सहतु प्रसाद गौड चयन भएका छन् ।
साथै सोहि अधिवेशनले क्षेत्रीय प्रतिनिधि समेत चयन गरेको छ, जसमा भगवान प्रसाद चौधरी, केशव प्रसाद थारु, दिल बहादुर चौधरी, महेन्द्र हरिजन, राजेन्द्र थापा, राकेश यादव, नुर मोहम्मद, सुमन आचार्य, किशन गौड, सरस्वती थारु, सच्चाराम पाल, सरोज कुमारी हरिजन, बिन्दु कुमारी चौधरी, राम बहादुर थारु र नेमा थारु रहेका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

