Rashtriya Dainik

तिज पर्वको बढ्दो विकृती

अनिल साह– संचारकर्मि/पर्सा १८ भदौ, शुक्रवार
हिन्दुहरुको ठुलो चार्ड पर्व मध्ये हरितालिका तिज पर्व पनि एक हो । भाद्र शुक्ल तृतियका दिन मनाईने यो पर्व महिलाहरुका लागी महान पर्वको रुपमा मनाईने गरीन्छ । आफनो श्रीमानको लामो आयू तथा परिवारको सुख समृद्धीको लागी महिलाहरु वर्त वस्ने चलनरहेको अर्को धार्मिक मान्यता रहेको पाईन्छ ।

हरितालिका तिज हुनत यसको सुरुवात भएको कसैलाई यकिन्न थाह छैन तर पौराणिकाल देखी चलिआएको यो पर्वको अघिलोरात अर्थात द्धितीयाका दिन नुहाईधुवाई दर खाने र त्योदिन सुतन नहुने भएकाले महिलाहरु एकठाउँमा जम्मा भई नाज गान गरी रमाईलो गर्ने चलन रहेको छ । अर्कोदिन अर्थात शुक्ल तृतियका दिन तेस्रो दिन पारण अर्थात स्नान गरी पारण गरी खाना खाने चलन रहेको छ र यो वर्ष महिलाहरु माईती घर साथी संगीनीहरु संग मनाउन पाउदा झन हस्रउलासका साथ मनाउने गर्छन । तर केहि वर्ष यता बढदो अधुनिकी करण संगै यो पर्वले विकृती फैलिदै गएको छ ।

परिवारीक सुख समृद्धीको प्रतिकमानिने यो पर्वमा वर्त वस्नु भन्दा देखावटी पहिरणको वर्तकोरुपमा देखीन थालेको छ । हुदाखानेले हुनेखानेको देखासिकी गर्दै ऋिण गरेर भए पनि नयाँ कपडा, गरगहना, लगाएर तिजको वर्तमनाउने लहरनै चलेको छ । देखासिकी गर्दै पर्व मनाउनु भन्दा पनि कसरी छल्ने तर्फ बढी चिन्तीत भएको देखीन्छन । परापुर्वकाल देखी चलन चल्दैआएको यो पर्वको महत्व हराउदै गएको छ । हुनत हरेक पर्व अधुनीकरण संगै परिर्वन हुदैगएको छ तर
हरितालिका पर्वलाई फेसनको संगया दिन थालिएको छ ।

वर्तको दर खाने बहानामा पर्वको एक महिना अगावै विभिन्न होटेल, पार्टी प्यालेसहरुमाहरुमा विभिन्न पार्टी ,संस्थाहरुको आयोजनामा मासु दारुको भोज हुने र वर्तालुमहिला लगायअन्य महिलाहरु नयाँ कपडा, गर गहना सहीतको देखावटी पोशाकमा नाचगान गर्ने गरेको पाइन्छ ।

पुरुष प्रधान देशमानिने हाम्रो देश नेपालमा महिलामाथी हुदैगरेको हिंसा प्रति महिला अधिकार कर्मिहरुले गरेको संर्घले नेपालको संविधानले महिला अधिकारको सम्बन्धमा धेरै एन कानुन बनाईसकेको अवस्था छ । र समाजमा हुदै गरेको महिला हिंसालाई मध्ये नजर गर्दै अझै ऐन संसोधन तथा कार्वन्य गर्न बाकिनै रहेको सजिलै बुझन सकिन्छ । तर संस्कृती विज्ञयहरुले बताएको अनुसार पर्वका महत्व र संस्कृती हराउनुको मुख्यदोष नेपालको संविधनालाईलनै दिने गरेका छन । किन भने संविधानले दिएको अधिकारको दु्रपयोग भई धर्म संस्कृतीमा असर पर्दै गएको प्रस्टदेखीएको छ । र समयमै यसको विल्प नखोजे नेपाल धर्म संस्कृतीमा धनिमानीने देश धर्म संस्कृती विहिन्न हुनेमा धेरै समय लागने छैन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित