प्रदेश नं.२ सरकारको लोकप्रिय कार्यक्रम मुख्यमन्त्री “बेटी पढाउ, बेटी बचाउ” अभियान अन्तर्गत भोले शंकर आधारभुत बिधालय सखुवा प्रसौनी गाउँपालिका १ नं. वडा औराहामा अध्ययनरत कक्षा-८ का १७ जना, ने.रा.मा.बि. सियरही सथवलका २० जना र ने.रा.आ.बि. सिधपुरका ९ जना गरि ४६ छात्राहरुलाई साईकल वितरण गरिएको छ ।
प्रदेश नं. २ मा शिक्षाको कमि रहेको र महिलालाई विभेद गरिएकोमा शिक्षाको मुलधारमा महिलालाई ल्याई बराबरी हैसियत कायम गरि समाजमा सकारात्मक सन्देश दिन खोजिएको हो । आजको छोरी बेटि भोलिको आमा, बुहारी हुने भएकोले ती छोरीलाई स्सक्त बनाउनको लागि कक्षा ८ का छोरिलाई साइकल प्रदान गरि उच्च शिक्षा प्रदान गर्नको लागि अग्रसर गर्न खोजिएमा सो कार्यमा शिक्षक, अभिभावक, बिद्यार्थी र स्थानीयको उत्साह जनक सहभागिता रहेको वक्ताहरूले बतएका छन ।
सखुवा प्रसौनी गाउँपालिका १ नं. वडाका वडा अध्यक्ष बिश्वनाथ पटवारी ज्युको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मा. मन्जुर अन्सारी, अतिथि जसपा नेपालको केन्द्रिय सदस्य फिरोज मन्सुर, युवा नेता शिव कुमार साह, समाजसेवि भागवत थारु, वडा सदस्य रामा खा थारू, पारस महतो लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा स्थानीय नेता अशोक साह, ज्ञानेन्द्र थारु, भुलन हवारी, प्र.अ. चन्केश्वेर भणडारी, डिलि बहादुर बुढाथोकी, प्रदिप चौधरी, शिक्षक निर्भय पटेल, सुरेन्द्र महतो, प्रहरी प्रसासन, बिधालयका शिक्षक र बिद्यार्थी एवं स्थानीय नागरिकको सहभागिता रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

