Rashtriya Dainik

नेपाली काङ्ग्रेस खप्तड छान्नामा ४ मा लफडा अध्यक्ष बर्क राेकायाले मञ्च बाटै काट्छु भनेपछि स्थगित

उत्तमकुमार थापा बझाङ

नेपाली काङ्ग्रेस खप्तड छान्ना गाउँपालीका वडा नम्बर ४ काे अधिवेशन बिथलाे भएको छ । गाउँपालीकाकाे वडा नम्बर ४ काे अधिवेशन सुरु हन लागेको समयमा गाउँपालीका अध्यक्ष रहेका बर्क बहादुर राेकायाले मञ्च बाटै वडा सभापतिका उम्मेदवार रहेका दयाराम राेकायालाई काट्छु भनेपछि विथलाे भएको हाे ।

जिल्लाकाे सबै ठाउँमा साैभद्र सालिन सान्त तरिकाले १४ महाधिवेशनकाे वडा अधिवेशन सम्पन्न भएपनि खप्तड छान्ना ४ मा भने गाउँपालीका अध्यक्ष बर्क बहादुर राेकायाले अाफुले चाहेकाे मान्छेले निर्वाचन गराउदा नजित्ने देखिएपछि राेकायालाई मञ्च बाटै गाली गर्दै काटेर खाेला फाल्छु भनेपछि स्थगित गर्नु परेको नेपाली काङ्ग्रेसका प्रभावशाली नेता डम्बरबहादुर राेकायाले बताउनु भयाे ।

उनले भने, सान्त भएर निर्वाचन गराउनु पर्ने भुमिका खेल्नु पर्ने बर्क राेकायाले नै जथाभावी गाली गर्दै काट्छु भन्नू कत्ति सुहाउँदो हैन । निर्वाचन गरेमा दयाराम राेकाया जित्ने निश्चित देखिएकाे भन्दै विथलेकाे उहाको भनाइ छ । गाउँपालीका जस्तो गरिमामय पदमा बसेका बर्क बहादुर राेकायाले यसरी जथाभावी गर्दै विथलाे अधिवेशन बनाएपछि नेपाली काङ्ग्रेसका नेता कार्यक्रतामा निकै चिन्ता जागेकाे स्राेतकाे भनाइ छ । निर्वाचनमा अाफुले राेजेकाे मान्छे नहुने देखिएपछि उनले बिथलेकाे राेकायाले बताए । अहिले स्थगित गराउनकाे लागि मतदान अधिकृत लाई दयाराम राेकायाले निवेदन दिनु भएको भनी नेता डम्बरबहादुर राेकायाले बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित