Rashtriya Dainik

गाउँ गाउँमा संगठनका बनाउदै क्रान्तिकारी माओवादी

पुस्पा गिरी नवलपरासी १७ भाद्र नेकपा (क्रान्तिकारी माओवादी ) बर्दघाट नगर समितिले संगठन सुदृढीकरण तथा बिस्तार अन्तर्गत दिब्यनगर एवं शान्तिनगर टोलको संयुक्त भेला सम्पन्न गरेको छ । बिहिवार सम्पन्न भेलाले मुक्तमाया महतो ‘निता’को नेतृत्वमा ९ सदस्सिय सम्युक्त टोल समिति गठन गरेको हो । क्रान्तिकारी माओवादी बर्दघाट नगर सहसेक्रेटरी आकाशका अनुसार टोल समितिमा कृष्ण ; दिपा; मुना; नरबहादुर; तारा;सन्सारलगायत चयन हुनुभएको छ । टोल टोलमा पार्टीको प्रारम्भिक (सेल) समिति जनबर्गिय सङगठन एवं मोर्चा गठन कार्य तिब्र बनाइएको उहाँले जानकारी दिनुभयो । भेलामा प्रमुख अतिथि सो पार्टीका लुम्बिनी प्रदेशका सचिवालय सदस्य तथा जिल्ला सेक्रेटरी छबिलाल खरेलले संसदीय ब्यवस्थाको बिकल्प खोज्नु पर्नेमा जोड दिदै अब त्यसले पहल पार्टीले गर्ने बताउनुभयो । कार्यक्रमा क्रान्तिकारी पत्रकार महासङ्घका केन्द्रीय कोषाध्यक्ष तथा प्रदेश सम्योजक रवि पान्डेयले श्रमजिबि जनताको हरेक न्यायिक आन्दोलनमा पत्रकारहरुको साथ रहने बताउनु भयो । क्रान्तिकारी माओवादीका जिल्ला सचिवालय सदस्य तथा बर्दघाट नगर इन्चार्ज चुडामणि भण्डारीले दलाली भ्रष्टाचारि कमिशनखोरीका विरुद्ध पार्टीले आन्दोलन छेड्ने दाबी गर्नुभयो । कार्यक्रममा सहभागीहरुले देशमा आमूल परिवर्तन भए पनि बिकृति बिसङगति र महङ्गि वृद्धि उस्तै रहेको र जनताले निकै सास्ती पाएका बिसयमा पार्टीले आवाज उठाउनु पर्ने बताएका थिए । युवा बिद्यार्थी ;महिला ;मजदुर; किसान; दलित र जनजातिको मागलाई पार्टीले विशेष ध्यान दिनुपर्ने उनिहरुले सुझाव दिएका थिए । कार्यक्रममा स्थानीय युवा सन्तोष बिकले पार्टीले गाउँ गाउमा अभियान ल्याएकोमा आफुहरुलाई खुसी लागेको बताउदै असमनताको विरुद्ध उठ्ने हरेक आन्दोलनलाई युवाहरुले साथ दिने बताउनुभयो । कार्यक्रम क्रान्तिकारी माओवादीका नगर सदस्य मुक्तमाया महतोको अध्यक्षतामा भएको थियो । क्रान्तिकारी माओवादी पश्चिम नवलपरासीले यहि भाद्र २५ गते बर्दघाटमा राजनीति ; सम्पर्क ; संगठन र सङघर्स ( राससस) अभियान उदघाट्न गर्दैछ । डेढ महिने अभियानमा जिल्लाको सबै स्थानीय तहमा पार्टी बिस्तार हुने क्रान्तिकारी माओवादी पश्चिम नवलपरासीले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित