Rashtriya Dainik

माअाेवादी बुङ्गलका युवा नेता अस्मित विरुद्ध अवैध कार्वाही गरेको -सिँहकाे भनाइ

नेपाल कम्युनिस्ट पार्टी नेकपा माअाेवादी केन्द्रका नेता अस्मित सिहलाई अवैध कार्वाही गरेको सिँहकाे भनाइ छ ।

उदयमान युवा नेता सिहलाई माअाेवादी बझाङ जिल्लाले कार्वाही गरेपछि उहाँ अाक्राेस हुनुभएको हाे । विगत लामाे समय देखि नेकपा माअाेवादीमा अावद्व रहेका सिँहले कसै सँग नराम्रो नगरेकाे र अब अरु नेताहरु भन्दा लाेकप्रिय भएर अगाडि जाने डरले अहिलेका केही कथित ऋष डाहा गर्ने नेताहरुले अफुलाई कार्वाही गरेको दावी गरेका छन ।

उनी उदयमान युवा निकै चर्चित नेताकाे रुपमा रहेका छन । उहाँलाई सबैले लाेकप्रिय नेता भनेर चिन्दछन । उहाँले अाफ्नाे फेस्बुक स्टाटर्समा यस्तो लेख्नु भएको छ ।
साच्चै नै जघन्य अपराध गरेकै हो भने पनि ,कार्बाहि का विधि र प्रक्रिया हुन्छन स्वभावतः गलत गर्ने कुन कमिटीको हो र तेसलाइ कार्बाहि गर्ने कस्ले ? पार्टी बिधान मा क्लिएर छ ।बिघटित जिल्ला कमिटी (हाल समन्वय कमिटी ) को अाज कुनै बैठक छैन बझाङमा कार्यालय सचिबले हस्ताक्षर गरेर एउटा जिल्ला कमिटी सदस्य लाई कार्बाहि हुने विधि बिधान हाम्रो पार्टीमा छैन पहिलो कुरा दोस्रो कुरा वाक स्वतन्त्रता नेपालको संबिधानले समेत मौलिक हकमा राखेकोले मैले बोलेे र लेखेकै कारण पार्टी सदस्य समेत नरहने गरि कार्बाहि गर्ने भन्ने कुरा विधि बिपरित मात्रै नभइ राजनीति को सर्बमान्य सिद्धान्त बिपरित छ! पछिल्लो पटक सुदुर को पार्टी भित्र देखिएको अस्वस्थ अन्तरसंघर्षमा म पार्टी को पक्षमा ,मुल नेर्तित्वको बिचारमा र पार्टी निर्माण नयाँ सिरा बाट मात्रै सम्भब छ भन्ने कुरा मैले फेसबुक देखि अन्य भेटघाटमा पनि उठाउदै अाएको सत्य हो यो तितो सत्य पचाउन नसक्ने गुट को राजनीति गर्ने ,अाफु अनकुल नबोल्ने भएपछि पुर्बाग्रहि ढंग बाट एकअाध ब्यक्ति को सनक को भरमा गरिएको भनिएको कथित तीन महिने कार्बाहि अाफैमा हाष्याष्पद र विधि बिपरित छ! साथै मलाई पार्टी जिल्ला कमिटी को लेटर प्याडमा छापिएको बिक्यप्तिमा गलत र झुठ अारोप लगाइएको छ म डोटिमा कलाकार को कमान्डर भएर काम गर्दा एउटा पनि गलत काम गरेर कार्बाहि परेको छैन ,म जनयुद्धका घनिभुत समय मा कहि कतै भागेको छैन ,पलायन भएको छैन। म ०७५ पछि एमाले संग एकता हुदा मात्रै जिल्ला कमिटी सदस्य भएको होइन ०५९ मा भुमिगत ०६० मा पार्टी सदस्य ०६१ मा पार्टी साखा सदस्य ०६२ मा यसियस ०६४ मा जिल्ला कमिटी मा ०६५ मा जिल्ला कमिटी सचिवालय मा रहि महत्त्वपूर्ण भुमिका निर्बाह गरि अाज सम्म माअोबादि अान्दोलन को मुलप्रबाह ,भन्दा बाहिर एक इन्च पनि गरेको छैन ! अन्तमा यस्ता गुटबादि मानसिक रोग बाट ग्रसित हरुले विधि नपुर्याइ ,पुर्बाग्रह राखि झुठो र मिथ्या अारोप लाई गरिएको भनेको कथित कार्बाहि को कुनै बैधानिकता नरहेको ले कोहि पनि तरंगित नभै पार्टी बनाउने महाअभियानमा संगै हातेमालो गर्दै अगाडि बढौ म पनि तेहि स्प्रिटमा बढ्ने प्रतिबद्धता पेस गर्दछु!!

नेता सिहका अनुसार ऋष डाहाले अवैध कार्वाही गरिएको दावी गर्दै अाफु अचम्म परेको हाम्रो अनलाइन सँग कुरा गर्नु भएको हाे । माअोबादि केन्द्र बझाङका उदयिमान युवा जिल्ला कमिटी सदस्य अस्मित सिंह माथिको कथित कारवार्ही अबैध रहेको भन्दै दुख व्याक्त गर्नुभएको हाे । एमाले माअाेवादी अलग अलग हुदा पनि माअाेवादी सत्यको बाटाे हाे भन्दै निकै खराे उत्रेका युवा नेतालाई किन कार्वाही गरेको भन्दै अहिले माअाेवादी बझाङमा चर्चा हुन थालेको छ । सिहलाई कार्वाही गरेपछि चैनपुरका चाेक चाेकमा चर्चित नेतालाई किन कार्वाही गरेको भन्दै कार्वाही गर्नु मुर्खता भएको दावी गरेका छन । नेता पार्टीका निकै लगनशील हुन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित