Rashtriya Dainik

एकीकृत समाजवादी कृष्णनगरको संयोजकमा इंतेखाब अहमद खां

कृष्णानगर/कपिलवस्तु, १७ भाद्र ।
नेकपा (एकीकृत समाजवादी) कृष्णनगर नगर सम्मेलन आयोजक कमिटीको अध्यक्षमा इन्तेखाव अहमद खां निर्बिरोध चयन हुनुभएको छ ।
बुधबार कृष्णनगर नगरपालिकामा भएको नगर भेलाले खां को संयोजकत्वमा ५५ सदस्यीय नगर सम्मेलन आयोजक कमिटी गठन गरेको हो ।
नगर सम्मेलन आयोजक कमिटी घोषणा गर्दै एकीकृत समाजवादीकी नेतृ गीता अञ्जालले कपिलवस्तुमा एकीकृत समाजवादीलाई बलियो बनाउनका लागि अभियान थालनी भएको भन्दै यसको सुरुवात कृष्णनगरबाट सुरु भएको बताउनुभयो ।
कृष्णनगरको बिकास सोचेजस्तो नभएको भन्दै अब एकीकृत समाजवादीले त्यसको नेतृत्व गर्न तयार रहेको बताउनुभयो । त्यसको लागि आम जनताको मन जित्ने गरि काम गर्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
उक्त अबसरमा विभिन्न पार्टी परित्याग गरि झण्डै १ सय बढी एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।
भेलामा अनेरास्ववियुका कपिलवस्तुका संयोजक दिपक अनुरागी, इकरार अहमद खां,फजल महमूद खां, वकील अहमद खां, राजकुमार यादव , रफिक अहमद खां लगायतले मन्तब्य राख्नु भएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित