तुलसी राम पौडेल
सियारी, भाद्र १५
हालै भएको अविरल वर्षाको कारणले प्रभावित बाढीपीडितहरुलाई रुपन्देहीको सियारी गाउँपालिकाले राहत दिने कार्यक्रमलाई सक्रियता रुपले निरंतरता दिएको छ।सियारी गाउपालिका वडा नम्बर -६ करेङ्गे टोलका बाढीपीडित ५ घर परीवारलाई राहत वितरण गरिएको छ।
दैनिक अति आवश्यक खाद्य सामाग्री चामल , दाल नुन ,तेल ,आलु ,पियाज वितरण गरीएको हो । गाउपालिका उपाध्यक्ष अमृता गुरुङ र वडा नम्बर ६ का वडा अध्यक्ष शेर बहादुर गुरुङले संयुक्त रुपमा राहत सामाग्री वितरण गर्नुभएको हो । सियारी गाउँपालिका उपाध्यक्ष अमृता गुरुङले अन्य वडाहरुका बाढीपीडितहरुलाई पनि राहत वितरण गरिने बताउनु भयो ।यस अघि गाउपालिका वडा नम्बर १ मा आइतबार बाढीपीडित हरुलाई राहत सामाग्री वितरण गरिएको थियो ।वडा नम्बर ६ का वडा अध्यक्ष शेरबहादुर गुरुङले बाढीपीडितहरुको घर निर्माणको लागी गाउपालिकामा पहल गरीने बताउनु भयो । राहत कार्यक्रममा वडा सदस्यहरु, स्काउट तदर्थ समितिका संयोजकं, सदस्यहरुको सहभागिता रहेको थियोे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

