नवलपरासी १५ भाद्र – नेकपा ( क्रान्तिकारी माओवादी) पश्चिम नवलपरासीले संगठन सुदृढीकरणका साथै संर्घषका खाका तयार गरेको जनाएको छ । सो पार्टीको मंगलबार बर्दघाट ४ शान्तिनगरमा भएको जिल्ला कमिटीको पुर्ण बैठकले आगामी आन्दोलनको कार्ययोजना बनाएको हो । बैठकमा पार्टीको हालै सम्पन्न लुम्बिनी प्रदेश समितिको बैठकको निर्णय अनुसार प्रदेशभर राजनीति, सम्पर्क, संगठन र संर्घष(राससस) अभियान संचालन गर्ने पोलिट्ब्युरो सदस्य तथा प्रदेश ईञ्चार्ज प्रेम सुबेदीले जानकारी दिनुभयो । उहाँले संसदीय ब्यवस्थाको विकल्पको रुपमा जन गणतन्त्र हुने बताउनु भयो ।
अभियानले राजनैतिक बैचारिक प्रशिक्षण, जनसम्पर्क अभिबृद्धि, संगठन निर्माणका साथै संर्घषको खाका कोर्ने अर्का पोलिटब्युरो सदस्य तथा प्रदेश सेक्रेटरी भुपेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।
अभियानकै बीचमा वर्गीय पहिचान सहितका औजार लिएर जिल्ला सदरमुकाममा प्रर्दशन गर्ने कार्यक्रम रहेको उहाँले बताउनु भयो । जिल्ला बैठकले जिल्लाको सापेक्षमा संर्घषका खाका बनाइएको जिल्ला सेक्रेटरी छबिलाल खरेलले बताउनु भयो । बैठकमा जिल्ला समितिका सदस्यहरुले कार्य क्षेत्रको रिपोर्टिङ गरेका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

