भदौ १४,रौतहट
रौतहत जिल्लाको माधव नरायण नगरपालिकामा न्यायिक समिति गठन सम्पन भएको छ ।रौतहटको माधव नरायण नगरपालिका वडा नं २ को श्री सरस्वति उच्च माध्यमिक बिधालयको प्राङ्गनमा धमेन्द्र साहको अध्यक्षतामा श्री राम पुजारी हत्या काण्डको बिषयमा न्यायिक समिति गठन गरेको साहले बताएका छन । न्यायिक समितिमा पुजारी हत्या काण्डको बिषयमा बिभिन्न छलफल भएको थियो । उक्त छलफलमा बिभिन्न प्रस्तावहरुमाथि छलफल गर्दा त्यसको हत्यारालाई कटघेरा ल्याउनको लागी धमेन्द्र साहको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति गठन गरेको छ ।उक्त न्यायिक समितिको अध्यक्षमा धमेन्द्र साह चयन भएको छ भने सचिवमा सुरेश कुमार साह ,सदस्यमा पपु कुमार साह ,बिनोद साह ,जादोलाल साह, किशोरी बैठा लगायत अन्य पाँच जना सदस्य चयन भएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

