Rashtriya Dainik

ग्लोबल आईएमई बैकद्धारा रामग्रामका बाढी प्रभावित परिवारलाई राहत वितरण

परासी, १४ भदौ । नवलपरासीको रामग्राम नगरपालिका वडा १८ का १३५ जना बाढी प्रभावित परिवारलाई राहत वितरण गरिएको छ । रामग्राम नगरपालिकाको समन्वयमा ग्लोबल आईएमई बैकले उक्त वडाका १३५ जना बाढी प्रभावित परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरेको हो । राहत वितरणमा चामल १५ किलो चामल, चिउरा २ किलो, दाल १ किलो, तेल आधा लिटर, नुन १ प्याकेट, बेसार २ प्याकेट, पानी १ कार्टुन रहेको छ ।
ग्लोबल आईएमई बैक लुम्बिनी प्रदेश प्रमुख रबि श्रेष्ठको अध्यक्षतामा नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले बाढी प्रभावित परिवारलाई उक्त राहत वितरण गर्दै दुर्घन्धित बाढीको पानीबाट उत्पन्न हुने विभिन्न रोगहरुबाट बच्न र सरसफाईमा ध्यान दिन आग्रह गर्नु भयो । नगर प्रमुख गुप्ताको पहलमा बैकले वितरण गरेको राहत कार्य निकै सामाजिक तथा मानविय भएको नगर प्रमुख गुप्ताले प्रशंसा गर्दै थप वडाहरुमा राहत वितरणका लागि विभिन्न बैक तथा वित्तिय संघसंस्थाहरु संग पहल भैरहेको बताउनु भयो । उहाँले यस्तो विपदका बेलामा नगरपालिकाले आफनो नगरका अति बाढीपिडित परिवारलाई खाद्यान्न खरिद गर्न नगद रु २ हजार रुपैयाको दरले वितरण समेत गरिरहेको जानकारी दिदै यस्तो विपत्तिको बेलामा राहत वितरण कार्यमा हातेमालो गर्न यहाँका अरु संघ संस्थाहरुलाई आग्रह गर्नु भयो ।
बैकले यस्तो विपदका बेलामा पिडित परिवारलाई राहत पुगोस भनि यो राहत वितरण गरेकोमा निकै खुशी हुदै आफुँहरु विपदका बेलामा समाजमा अग्रसर भई सामाजिक कार्यहरु गर्दै आएको बैकका प्रदेश प्रमुख रबि श्रेष्ठले जानकारी दिनु भयो । प्रमुख श्रेष्ठले बैक सामाजिक दायित्वबाट पछाडी नहटने र पालिकाका थप वडा तथा विभिन्न पालिकाका बाढी प्रभावित क्षेत्रहरुमा अझै राहत वितरण गर्ने आवश्वासन दिनु भयो ।
राहत वितरण कार्यक्रममा रामग्राम नगरपालिका वडा १८का अध्यक्ष गोपाल डिस्वा मगर, कार्यपालिका सदस्य रोशन शाह, बैकका प्रदेश उप प्रमुख जोगलाल भुषाल, बैकको परासी ब्रांच म्यानेजर प्रदिप सापकोटा, भुमही बं्रान्च म्यानेजर विमल्ेश चोधरी लगायत बैकका कर्मचारी र समाजसेवीहरुको उपस्थिती रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित