संजय कुशवाहा /नवलपरासी १४ भदौ
नवलपरासी पश्चिम प्रतापपुर गाउँपालिका वडा न.७ गुठी सुर्यपुरामा रहेको शुभेच्छा बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरुले आफ्नो खातामा रहेको रकम कुनै पनि बैंकमा निःशुल्क ट्रान्सफर गर्न सकिने भएको छ ।
शुभेच्छा स्मार्ट मोबाईल एप प्रयोगकर्ता सदस्यहरुले कुनै पनि बैंकमा निःशुल्क रुपमा रियल टाईममा रकम ट्रान्सफर गर्न सकिने भएको हो । यो सेवा सदस्यहरुमा प्रभावकारी देखिएको संस्थाका सदस्यहरुले प्रतिक्रिया दिएका छन्।
संस्थाको कार्यालयसम्म आई सेवा लिन असमर्थ सदस्यहरुले सहकारीमा रहेको आफ्नो खाताको रकम आफुलाई पायक पर्ने बैंकमा आफ्नो वा आफुसँग सम्बन्धित व्यक्तिहरुको खातामा ट्रान्सफर गरी आफूलाई अत्यावश्यक रकम निकाल्न सहज भएको सदस्यहरुले बताएका छन् ।
शुभेच्छा स्मार्ट एपबाट ब्यालेन्स ईन्क्वायरी गर्ने, लामो तथा छोटो स्टेटमेन्ट प्राप्त गर्ने, ऋणको जानकारी लिने, फण्ड ट्रान्स्फर गर्ने, चेक अनुरोध तथा रद्द गर्ने , ई सेवा ,खल्तीमा रकम लोड गर्ने जस्ता बैंकिङ सुविधा तथा मोबाईल टपअफ, ईन्टरनेट, टि.भी., विद्युत, खानेपानी, मुभी तथा हवाई टिकट र विभिन्न बीमा कंपनीहरुको किस्ता भुक्तानी जस्ता सुविधा समेत उपलब्ध रहेको संस्थाका व्यवस्थापक दिनेश कुर्मीले बताएका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

