Rashtriya Dainik

नवलपरासीको सरावल गाउँपालिका अझैसम्म बाढीकाे चपेटामा

उमेश बि.क / नवलपरासी ,१४ भदौ

पश्चिम नवलपरासीकाे सरावल गाउँपालिका अझैसम्म बाढीकाे चपेटामा रहेको छ ।

अविरल वर्षाका कारण आएको बाढीले हालसम्म सरावल गाउँपालिका वडा नम्बर ६ काे खडाैना मधवलिया ,नाैडिहवा लगाएको टाेलहरुकाे जनजीवन कष्टकर बनेको छ।

पानीको सहज निकास नहुँदा घर तथा पसलहरु डुबेका हुन् । सडकमा पानी जम्मा हुँदा आवत–जावत गर्नसमेत कठिनाई भएको छ।

साे क्षेत्रमा हालसम्म पानी रहिरहेकाे हुनाले डुङ्गाबाट अावत जावत गर्न परिरहेको स्थानीय लक्ष्मिकान्त चाैधरीले जानकारी दिनुभएको हाे ।

डुवानका कारण घरभित्र पानी पस्दा अन्नपात, लत्ताकपडा भिजेका छन् भने धारा पानिमा डुबेको हुनाले धमिलाे पानी अाउने गरेको स्थानीय घनश्याम चाैधरीले जानकारी दिएका छन ।

झरही नदि र धनेवा नदिकाे कारणले पानीले निकास नपाएकाले गाउँमा पानी पस्दा डुबानमा परेको हो।

गाउँ तथा बाटोमा पनि घुँडाभन्दा माथि पानी पुगेकाले स्थानीय समस्यामा परेका छन् । बाटाे तथा खेतमा जलमग्न भएको हुनाले अावतजावत गर्न समस्या भएको छ । 

साे स्थानका केहि बस्ती डुबानमा परेको भएपनि अहिलेसम्म धनजनको क्षति नभएको स्थानीयले बताए ।

बाढीले प्रभाव पारेको वडाहरुमा सरावल गाउँपालिकाबाट चिकित्सक सहितको स्वास्थ्य घुम्ती टोलि अाजदेखि परिचालन गरिएको छ

पालिका अध्यक्ष राधेश्याम चाैधरीले बाढी प्रभावित घरपरिवारहरुलाई याे विषम अवस्थामा सुरक्षित भई बस्न अाग्रह गर्दै बाढीकाे चपेटामा परेका स्थानीय बासिकाे लागि तत्कालका लागि राहतको ब्यवस्था गरिरहेकाे हुनाले जति सक्दाे राहत वितरण गर्ने जानकारी गराउनु भएको हाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित