उमेश बि.क / नवलपरासी ,१४ भदौ
पश्चिम नवलपरासीको सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरी स्वास्थ्यकर्मीहरुको टिम सहित अाइतवार बाढी डुबान क्षेत्रमा पुग्नु भएको हाे।
बाढीकाे चपेटामा रहेका बासिहरुकाे क्षेत्रमा जनताहरुको दुखपिडा बुझ्न स्वास्थ्यकर्मी सहितकाे टिम लिएर साे क्षेत्रमा पालिका अध्यक्ष चाैधरी पुग्नु भएको हाे।
बाढीले प्रभाव पारेको वडाहरुमा चिकित्सक सहितको स्वास्थ्य घुम्ती टोलि साेमबारदेखि परिचालन जानकारी समेत दिनु भएको हाे।
गाउँपालिका भित्रका सम्पूर्ण घरपरिवारहरुलाई याे विषम अवस्थामा बाढीबाट हुनसक्ने क्षति र जाेखिमबारे सजक र सुरक्षित भई बस्न अाग्रह गर्दै बाढीकाे चपेटामा परेका स्थानीय बासिकाे लागि तत्कालका लागि राहतको ब्यवस्था गरिरहेकाे हुनाले जति सक्दाे राहत वितरण गर्ने जानकारी गराउनु भएको हाे।

अविरल वर्षाका कारण आएको बाढीले नवलपरासी पश्चिमको जनजीवन कष्टकर बनेको छ।
बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सरावल गाउँपालिका हालसम्म बाढीकाे चपेटामा रहेको छ ।
बर्सेनि बर्षाले गर्दा अाएकाे बाढीले सामन्य जनजिवनलाई प्रभावित पार्नुका साथै तमाम क्षति गर्ने गरेको छ । जस्का कारण अाम जनसमुदायमा बसाेबास गर्ने मानिहरुलाई कष्टकर र दुखपुर्ण जीवन यापन गर्न बाध्य बनाएको छ । पालिका भित्रका वडा नम्बर १ देखि ७ का वडाहरु बाढिकाे चपेटामा परेकाे छ ।
जसमध्ये ५, ६ र ७ का अधिकांश भुभाग डुबान तथा घरहरू विस्थापित भएकाे छ । वडा नम्बर ६ काे खडाैना , मधवलिया र नाैडिहवा लगाएतका गाउँहरु बाढिकाे चपेटामा परि अधिकांश घरहरू विस्थापित भई क्षति सहित भुभाग जलमग्न भएको छ ।

बाढी डुबान क्षेत्रमा अाैषधि सहित प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पाैडेल , वडा नम्बर ६ वडा अध्यक्ष कैलास यादव , स्वास्थ्यशाखा संयाेजक अाेम नरायण देवकोटा,स्वास्थ्यशाखा सहसंयाेजक खेम खनाल लगाएत अन्य स्वास्थ्यकर्मी साे क्षेत्रमा पुग्नु भएको थियो ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

