Rashtriya Dainik

रामग्राम नगरपालिकाद्वारा बाढी प्रभावीतलाई २ हजार तत्काल राहत

राष्ट्रिय दैनिक /नवलपरासी ,१४ भदौ

पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले नगर क्षेत्र भित्रका बाढि प्रभावीत परिवारलाई तत्कालै राहत स्वरुप नगद दुई हजार रकम उपलब्ध गराउन सुरु गरेको छ ।

नगरकार्यपालिकाको बैठकले नगरभित्रका बाढि प्रभावितहरुलाई तत्कालै राहत उपलब्ध गराउने निर्णय अनुसार प्रति प्रभावीत परिवारलाई तत्कालका लागि रु दुई हजार दरले रकम वितरण सुरु गरिएको नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले बताउनुभयो ।

नगर प्रमुख गुप्ताले समान खरिद गरेर दिन समय लाग्ने भएकाले तत्कालै राहत स्वरु खाद्यन्न खरिदनका लागी नगद दिन सुरु गरिएको बताउनु भएको हाे ।

दैनिक आवश्यक खाद्यान्न सामाग्रिहरु बापतको खर्च जोडेर रकम सहयोग गरिएको उहाँले बताउनुभयो ।

यस्तै नगरपालिको रामग्राम १८ पम्फापुरमा बाढिमा डुबेर मृत्यु भएका बाबु छोराको परिवारलाई क्रिया खर्च बापत २५ हजार रुपैँया दिने पनि कार्यपालिकाको बैठकले निर्णय गरेको छ ।

गरिब विपन्नलाई प्रमुख प्राथमिकतामा राखेर राहत वितरण गरिनेर बाढि प्रभावित क्षेत्रमा यस अगाबै अत्यआवश्यक औषधी सहित स्वास्थ्यकर्मिको टोली पठाईसकिएको नगरपालिका उपप्रमुख रम्भा कुवर जानकारी दिनुभएको हाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित