राष्ट्रिय दैनिक / नवलपरासी ,१३ भदौ
पश्चिम नवलपरासीको सबैभन्दा पुरानो जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पताल परासीमा खानेपानी सुविधाको अभाव हुँदा सेवा प्रभावित बनेको छ ।
अस्पतालजस्तो संवेदनशील क्षेत्रमा सेवाग्राहीहरुले प्रयोग गर्ने खानेपानी नहुँदा समस्या भएको हो । अस्पतालमा खानेपानी ब्यवस्था नहुँदा पानी बाहिरबाट किनेर खानुपर्ने बाध्यता भएको सेवाग्राहीले गुनासो ब्यक्त गरेका छन।

अस्पताल परिसरमा खानेपानी धारा रहे पनि पानी नअाएकाे सेवाग्राहीले बताएका हुन ।
अस्पतालमा खानेपानी नहुँदा बिरामी र कुरुवाले बजारबाट पानी किनेर उपभोग गर्नु परेको तथा शौचालय दुर्गन्धित हुने गरेको गुनासो ब्यक्त गरेका छन् । 
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

