Rashtriya Dainik

सियारी गाउपालिकाद्वारा बाढी पीडितहरुलाई राहत सामाग्री वितरण कार्यक्रम शुरु

तुलसी राम पौडेल /सियारी, भाद्र १३
रुपन्देहीको सियारी गाउपालिकाले बाढीबाट पिडित घर परीवारलाई राहत सामाग्री वितरण गर्न शुरु गरेको छ। हाल परेको भारी बर्षाबाट बाढिपिडित सियारी गाउपालिका
वडा नम्बर १ स्थित बसोबास गरेका लोपे डाडाका ९ घर ,हाटी अमवाका २ घर , चिल्हियाका १ घर र कौवाका १ घरलाई दैनिक अति आवश्यक खाद्य सामाग्री वितरण गरेको छ। राहत सामाग्री वितरण कार्यक्रम अन्तरगत प्रत्येक घर परीवारलाई ५० किलो चामल , २ किलो दाल ,नुन २ पोका, तेल ६ पोका,आलु ३ किलो ,पियाज ३ किलो वितरण गरिएको सियारी वडा नम्बर १ का वडा सदस्य धनराज शर्माले बताउनु भयो ।
राहत सामाग्री प्राप्त गर्ने वाढि पिडितहरु वडा नम्बर १ लोपे डाडाका लोक बहादुर तामाङ ,मिलन तामाङ ,भुवन तामाङ ,रेसम तामाङ ,मीना नेपाली ,मिन बहादुर नेपाली ,बल बहादुर आले ,सरु आले ,प्रीयन्का तामाङ हुनुहुन्थ्यो ।त्यसै गरी हाटि अमवाका राम पियारे थारु ,रोशन थारु ,चिल्हियाका भुर्ती थरुनी र कौवाका प्रेम बहादुर ठकुरीले राहत सामाग्री प्राप्त गर्नुभएको वडा सदस्य शर्माले बताउनु भयो। गाउपालिका अध्यक्ष अयोध्या थारुले वाडिपिडित सियारी गाउपालिकाका अन्य वडाका घरपरिवारलाई पनि राहत सामाग्री वितरण गरिने बताउनु भयो । गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारु र उपाध्यक्ष अमृता गुरुङले संयुक्त रुपमा बाढीपीडितलाई राहत सामाग्री प्रदान गर्नुभएको थियो ।राहत वितरण कार्यक्रममा गाउपालिका प्रशासन प्रमुख चिरञ्जीवी गौतम ,वडा नम्बर १ का वडा अध्यक्ष अरुण कुमार शाही ,वडा सदस्य धनराज शर्मा ,वडा सचिव राजकुमार सिह लगायत सहभागी हुनुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित