Rashtriya Dainik

बाढी प्रभावित बिरामीको दौलोमै रामग्राम नगरपालिकाको उपचार सेवा

परासी, १३ भदौ। नवलपरासीको रामग्राम नगरपालिकाले वडा १ सहुवाटिकरका बाढी प्रभावित ब्यक्तिहरुको स्वास्थ्य परिक्षण गरेको छ। नगरपालिकाको स्वास्थ्य शाखाका रेपिड रेस्पोन्ज टीमले, उक्त क्षेत्रमा बाढीको दुर्गन्ध र दुसित पानी सेवनका कारण स्वास्थ्यमा समस्या देखिएका ब्यक्तिहरुको घरदैलोमै पुगेर स्वास्थ्य परिक्षण गरि उपचार सेवा प्रदान गरेको हो।

बाढी आएपछि सरसफाइ तथा बिसुद्ध पानीको अभावमा विभिन्न रोगहरुको संक्रमण बढ्ने सम्भावना रहेकाले नगरपालिकाले तत्काल सचेत गराउन र उपचार सेवा प्रदान गर्न स्वास्थ्यकर्मीहरुको यस्तो टीम तयार गरेको नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले जानकारी दिनु भयो।

स्वास्थ्य शाखा प्रमुख रामनरेश रायको नेतृत्वमा उक्त आरा आर टी टीमले आइतबार वडा १ सहुवाटिकरका ६५ जना पुरुष र ४५ जना महिला गरि कुल ११० जनाको स्वास्थ्य परिक्षण गरि निशुल औषधि बितरण गरेको स्वास्थकर्मी बलराम सापकोटाले जानकारी दिनु भयो। यो टीम भोलि अर्को बाढी प्रभावित वडाहरुमा गै उपचार सेवा प्रदान गर्ने र रोगहरु प्रती सचेत गराउने छ। यसरी बाढी प्रभावित गाउँ गाउँमा गै स्वास्थ्यमा समस्या देखिएका बाढी पिडित ब्यक्तिहरुलाइ निशुल्क रुपमा दैलोमै उपचार सेवा प्रदान गरि रहेकाले यस्को चौतर्फी प्रसंशा भै रहेको र माग समेत भै रहेको छ।

यो स्वास्थ टीमले बाढिको प्रकोपले उत्पन्न हुने विभिन्न रोगहरुको बारेमा आमनागरिकलाई सचेत गराउने, सरसफाइमा ध्यान दिन लगाउने, उपचार सेवा प्रदान गर्दै आएको सापकोटाले जानकारी दिनु भयो। उक्त टीममा स्वास्थ्यकर्मी रामनरेस राय, बलराम सापकोटा, सुरज गौतम, अनिल खडका, पुनम जयसवाल लगायत स्वास्थकर्मीहरु छन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित