बुटवल : नेकपा (क्रान्तिकारी माओवादी ) लुम्बिनी प्रदेश समितिले सङगठन सुदृढीकरण अभियान संचालन गर्ने भएको छ । सो पार्टीको भाद्र १२ गते भालुवाङमा सम्पन्न प्रदेश बैठकले राजनीति सम्पर्क सङगठन र सङघर्स लाई केन्द्रीकृत रुपमा उठान गर्न अभियान संचालन गर्ने निर्णय गरेको पोलिटब्युरो सदस्य एवं प्रदेश इन्चार्ज प्रेम सुबेदीले बताउनुभयो ।
अर्का पोलिटब्युरो सदस्य एवं प्रदेश सेक्रेटरी भुपेन्द्र न्यौपानेका अनुसार अभियानको जिल्ला जिल्लामा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । राजनैतिक बैचारिक प्रस्टता; पार्टी सम्पर्क; सङगठन निर्माण र आन्दोलन सङ्सङगै उठान गर्न अभियान तयारी गरिएको न्यौपानेले जानकारी दिनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

