Rashtriya Dainik

प्रदेश २ को अर्थ मन्त्रीमा : शैलेन्द्र प्रसाद साह नियुक्त

प्रदेश २ मा दुई जना मन्त्रीको जिम्मेवारी परिवर्तन गरिएको छ ।

सरकार गठन भएदेखि नै तत्कालिन समाजवादी पार्टी नेपालबाट मन्त्री बनेका विजय यादव र शैलेन्द्र साहको कार्यभार विभाजन गरिएको हो ।

मुख्यमन्त्री लालबाबु राउतले अर्थमन्त्री विजय यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएका छन् भने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहलाई अर्थमन्त्री बनाएका हुन् ।

अर्थ मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री साहले आफूलाई मुख्यमन्त्री कार्यालयबाट जिम्मेवारी हेरफेर गरिएको सम्बन्धमा जानकारी प्राप्त भएको बताएका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित