११ भदाै, रुपन्देही
लगातारको वर्षाका कारण देवदह –७ शितलनगर स्थित घोडाहा खोलाको पक्की पुल भासिएको छ । पुल भासिएपछि पूर्वपश्चिम राजमार्गकाे अावतजावत ठप्प भएकाे छ ।
वैकल्पिक व्यवस्था नभएसम्म यातायात सुचारु हुन नसक्ने देवदह प्रहरी चौकीका ईन्चार्ज प्रहरी निरीक्षक गङा बहादुर सारुले बताए । उनले भने पुल भासिएपछि राजमार्गमा गाडी ओहोरदोहोर गर्न सकेका छैनन्।
प्रहरीले भासिएको पुलबाट सवारी साधन आवागमनमा पुर्ण रूपमा रोक लगाएको छ । पुल भासिए पछि देश कै पुर्व पश्चिम अावागमनमा बाधा उत्पन्न भएकाे छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

