उमेश बि.क / नवलपरासी ,१० भदौ
लगातार भारी बर्षाका कारण खरकाे छानाे घरमा बस्न समस्या भएकाे पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ६ का बिपन्न परिवारलाई त्रिपाल वितरण गरिएको छ।

युनाईटेड मिसन टु नेपालीको सहयोगमा र सुनवल सामुदायिक बिकास केन्द्र सुनवलकाे अायाेजनामा पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ६ सनइका ३५ पीडित परिवारलाई भारी वर्षाबाट खरफुसको छानाबाट पानी चुहिएर राम्रो शीत सुत्न नसकेका र खाने कुरा जोगाउन नसकेका परिवारलाई त्रिपाल वितरण गरिएको हाे ।

कोरोना माहामारीले जनता पीडित थिए, झन वर्षाको मौसम आएछि छानो चुहिएर उहाँहरुको जीवन अझै कस्टकर बनाइसकेको छ । जता-ततै छानाबाट पानी चुहिएर, घरको खानेकुरा, लत्ताकपडा सहितको आवश्यक कागजातहरु, कापीकलम भिजेर नस्ट हुने गरेको कुरा सुनाए स्थानीयले ।

दुखको चपेटामा परेका छन सनइका दलित गरिव र विपन्न परिवारहरु । उहाँहरुको घरमा राम्रो छानो समेत छैन ।
साे स्थानीयकाे समस्या सुन्न साथ सुनवल सामुदायिक बिकास केन्द्रले तत्कालका लागि त्रिपाल वितरण गर्ने निर्णय गरेको हाे।

त्रिपाल वितरण सुनवल सामुदायिक बिकास केन्द्रकाे लैंगिक समानता परियोजना संयाेजक राधा सापकोटाकाे अध्यक्षता तथा पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष कृष्णचन्द यादवकाे प्रमुख अातिथ्यतामा बिहिवार ३५ गरिब परिवारलाई त्रिपाल वितरण गरिएको हाे । यो बर्षको लागि छानो चुहिने समस्याबाट राहत पाएको महसुस गर्दै स्थानीयले खुशी ब्यक्त गर्दै सहयोग गर्नेलाई नमस्कार सहित आशिर्वाद दिएका थिए ।

त्रिपाल वितरण कार्यक्रममा कार्यपालिका सदस्य एवं वडा सदस्य अनिता सहानि ,वडा सदस्य लवंगि देवि हरिजन ,रिकाेभ परियोजना संयाेजक सबिना रेग्मी , लेखापाल प्रकृति अधिकारी ,राेशनि खड्का ,फिल्ड सुपरभाइजर शक्ति काैशल ,राधिका चाैधरी लगाएत समाजसेवी बुद्धिजीवी ब्यक्तित्वकाे सहभागीता रहेको थियाे।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

