नवलपरासी/ १० भाद्र ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर १ पर्ने परासी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले कर्मचारी नियुक्तिमा घुस लिएको खबर असत्य ,काल्पनिक मात्र रहेको बताएको छ।
परासी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका पदाधिकारीहरुले आफ्नो पदको दुरुपयोग गरी विधान मै नभएको पदमा रु. २,५०,००० (अक्षरुपी दुई लाख पचास मात्र) घुस खाइ सोही जिल्लाको रामग्राम नगरपालिका वडा नम्बर ५ बस्ने समीक्षा यादवलाई कार्यालय व्यवस्थापक एवं लेखा हेर्ने भनि गैर कानुनी तरिकाले नियुक्ति दिइएको खबरको खण्डन गरेको छ।

परासी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष खगेश्वर पन्थीका अनूसार “यहा सबै प्रक्रिया पुगाएर नियुक्ती गरीएको छ, कुनै प्रकारको घुस लिएको छैन् बाकी अन्य कुरा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको अनुसन्धानले प्रमाणीत गर्ने बताएका छन्।”
गत साउन २६ गते विभिन्न मिडिया र सामाजिक सञ्जालमा
परासी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले बिधान मै न भएको कार्यालय व्यवस्थापक एवं लेखपालको दरबन्दीमा
समीक्षा यादवलाई घूस लिई नियुक्ति गरेको खबर प्रकाशित भएको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

