Rashtriya Dainik

जिल्लाका स्वास्थ्य कार्यक्रमहरुको बार्षिक प्रगती समिक्षा कार्यक्रम अाज बाट सुरु

दोरेन्द्र खड्का / बझाङ
जिल्लाका बिभिन्न पालिकाहरुकाबाट सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरुको बार्षिक प्रगती समिक्षा कार्यक्रम सुरु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बझाङको आयोजनामा बझाङका १२ वटा स्थानीय तहहरुबाट प्रवाह भएका स्वास्थ्य सेवाहरुको बारेमा प्रगती समिक्षा कार्यक्रम सुरु भएको हो ।
दुई दिन सम्म चल्ने बार्षिक प्रगती समिक्षा कार्यक्रम जिल्लामा गएको आर्थिक बर्षमा भए गरेका सफल कामहरु, हुन नसकेका कामहरुको बारेमा समिक्षा भई रहेको छ । जिल्ला अस्पताल कार्यालय बझाङका प्रमुख भानु जोशीले जिल्लामा स्वास्थ्य क्षेत्रमा गएको बर्ष भएका उपलब्धी , सफल अभ्यासहरु र हुन नसकेका कामहरु र हुन नसक्नु कारण सहित आगामी दिनहरुमा सुधार गर्ने उदेस्यले कार्यक्रमको आयोजना गरेको बताउनुभयो । उहाँले नमुना काम गर्ने तिन ओटा पालिकाकालाई सम्मान गर्ने समेत बताउनुभयो । उद्घाटन समारोहमा बिभिन्न पालिकाहरुको संक्षिप्त प्रस्तुती समेत गरिएको थियो । बझाङ जिल्लाका १२ वटै स्थानीय तहहरुका स्वास्थ्य संयोजकहरुको सहभागितकामा भएको कार्यक्रमा दुई दिन सम्म सबै पालिकाहरुको प्रस्तुती रहने र आगामी आर्थिक बर्षको योजना तर्जुमा समेत गरिने आयोजकले जनाएको छ । बिहिबार जिल्ला स्वास्थ्य कार्यालय बझाङ र जिल्ला अस्पताल बझाङले आफ्नो प्रस्तुती राखेको थियो भने अन्य पालिकाहरुको समेत क्रमिक रुपमा राख्ने कार्यक्रम रहेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित