महाबिर पुनले नेतृत्व गरिरहेको राष्ट्रिय आविष्कार केन्द्र लाई आर्थिक रुपले सहयोग गर्ने अभिप्रायले पश्चिम् नवलपरासीमा पनि केही संघ सस्थाहरुले रकम संकलन अभियानको थालनी गरेका छन। स्वाठी युथ सर्कल सुनवल-९ को आयोजना तथा युवा सजगता अभियान सुनवल नगरको विशेष सहयोगमा तीन दिने अभियानको थालनी गरिएको युवा सजगता अभियान सुनवल नगरका संयोजक निर्दोष बस्यालले जानकारी दिए। ब्यक्तिगत,सामुहिक वा कुनै संघसस्था मार्फत जोडिएर स्वेच्छिक रुपमा सहयोग गर्न सकिने संयोजक बस्यालले जानकारी दिए। शनिबार बाट थालनी गरिएको अभियानको सोमबार सम्पन्न गरि संकलित रकम आविष्कार केन्द्रको खातामा जम्मा गरिने उनले बताए। सबैलाई सक्दो सहयोगकालागी अभियानले आवह्वान समेत गरेको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।