Rashtriya Dainik

पाल्हिनन्दनमा परियोजनाबारे प्रारम्भिक बैठक तथा परिचयात्मक कार्यक्रम

उमेश बि.क / नवलपरासी ,८ भदौ 

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकामा परियोजनाबारे प्रारम्भिक बैठक तथा परिचयात्मक कार्यक्रम साेमबार सम्पन्न भएको हाे ।

सुनवल सामुदायिक बिकास केन्द्र र इन्द्रेणी सामाजिक बिकास मन्चकाे संयुक्त अायाेजना तथा युनाइटेड मिसन टु नेपालको सहयाेगमा परियोजनाबारे पालिका स्तरीय समन्वय बैठक तथा परिचयात्मक कार्यक्रम भएको हाे ।

परियोजना प्रारम्भिक बैठक तथा परिचयात्मक कार्यक्रम अन्तर्गत सुनवल सामुदायिक बिकास केन्द्र र इन्द्रेणी सामाजिक बिकास मन्चकाे अायाेजना तथा युनाइटेड मिसन टु नेपालको सहकार्यमा पाल्हिनन्दन गाउँपालिका वडा नं. १ र ६ मा सन्चालित काेभिड १९ बाट प्रभावित नेपाली समुदायको लागि अार्थिक पुनजिवित परियाेजना (Scde) र काेभिड १९ महामारी प्रतिकार्यमा स्वास्थ्य प्रणाली सुधार परियाेजना अन्तर्गत सन्चालन हुने क्रियाकलाप बारे छलफल भएको हाे।

इन्द्रेणी सामाजिक बिकास मन्चकाे अध्यक्ष बद्री प्रसाद सुवेदीकाे अध्यक्षता तथा पाल्हिनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक)काे प्रमुख अातिथ्यतामा भएको कार्यक्रममा कृषि ज्ञान केन्द्र नवलपरासीका प्रमुख देबेश कुमार मिश्रा,युनाइटेड मिसन टु नेपालीको नवलपरासी कलष्टर टिम लिडर सब्बु तमाङ,पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ५ वडा अध्यक्ष अाेम प्रकाश गुप्ता ,स्वास्थ्यशाखा प्रमुख धर्मजित पटेल लगाएतले कार्यक्रम प्रभावकारी ढंगले अगाडि बढाेस भनी सफलताको शुभकामना ब्यक्त गरेका थिए।

कार्यक्रम बारे प्रस्तुतिकरण नेपाली समुदायको लागि अार्थिक पुनजिवित परियाेजना संयाेजक सबिना रेग्मी तथा काेभिड १९ महामारी प्रतिकार्यमा स्वास्थ्य प्रणाली सुधार परियाेजना संयाेजक बिना चाैधरीले गर्नुभएको थियाे भने सुनवल सामुदायिक बिकास केन्द्रले गरेको कामबारे रिकाेभ परियोजना लेखापाल राेशनि खड्काले गर्नुभएको थियाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित