सिराहा विनोद मण्डल भदौ ५ । प्रदेश नं २ मा सञ्चार क्षेत्रमा विकासको लागि आएको रकमको चरम दुरुपयोग हुन थालेपछि मिसनले छानविनको माग अगाडि बढाएको हो ।
आज एक प्रेस विज्ञप्ति मार्फत प्रदेश नं २ सरकारले मिडिया क्षेत्रको लागि विनियोजन गरेको करोडौंको बजेट नक्कली बिल भरपाई तयार गरी स्थानिय जनप्रतिनिधि ,स्थानिय निकायमा कार्यरत अधिकृत ,लेखापालको मिलेमतोमा मिडियाको विकासको लागि सरकारले छुट्याएको रकम स्थानिय तह ,सरकारी , गैस सरकारी , संघ संस्था,सरोकार बाहिरका व्यक्ति , लगायतले आपसी मिलेमतोमा कमिसनमा रकमको व्यापक दुरुपयोग गरी असार मसान्तमा चलाएको पत्रकारिता तालिम मा भएको खर्च विवरणको छानबिन गर्न मधेश मिडिया मिसन केन्द्रिय कार्यलयले प्रेस विज्ञप्ति मार्फत अख्तियार अनुसंधान दुरुपयोग आयोगसँग माग गरेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

