Rashtriya Dainik

लागू औषध सहित मानिस प्रहरी नियन्त्रणमा

सिराहा , विनोद मण्डल भदौ ५ । प्रहरीले चेक जाच गर्ने क्रममा लागू औषध सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

सिराहा जिल्लाको लहान नगरपालिकाकाे वडा नं ३ मा आज बेलुका करिब ७.१५ बजेको समयमा तालुक २ नंबर प्रदेश प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय लहानबाट खटि गएको टोलीले सप्तरीको सम्भुनाथ नगरपालिका वडा नं १२ का २० वर्षिय बालकृष्ण शाहलाई चेक जाच गर्ने क्रममा लागू औषध सहित नियन्त्रणमा लिएको हो ।

अभियुक्त शाहको साथबाट नाइत्ट्राभेट २८५ ओटा र नगद ९०००( नौ हजार) रुपैयासहित पक्राऊ गरि थाप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय लहानले जनाइएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित