बर्दघाट ५ भदौ : बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता सस्था खानेपानी सुरक्षा योजना समितिको शनिवार सम्पन्न बैठकले खानेपानी सुरक्षा सम्बन्धि एक दिन सचेतनामुलक तालिम संचालन गर्ने निर्णय गरेको छ । बैठकले भाद्र २७ गते नव दुर्गा टोल र असोज ३ गते धौलागिरी टोलमा सचेतना कार्यक्रम गर्ने निर्णय गरेको हो । कार्यक्रममा सस्थाका अध्यक्ष धातानन्द बस्यालले कोरोना कहरलाई बिशेष ध्यान दिदै कार्यक्रम गर्ने जानकारी दिनुभयो । यस अघि सस्थाले टोल टोलमा पुगेर सरसफाइ सामाग्री वितरण गरेको थियो । उक्त सामाग्री सरसफाइमा प्रयोग गरिएको नगरिएको बारे जानकारी लिन सुरक्षा योजना समिती सदस्य बिस्नु पुरीको संयोजकत्वमा नवराज ढुंगाना र काशीराम न्यौपाने सदस्य रहेको तीन सदस्यीय अनुगमन उपसमिती गठन गरेको सस्थाका उपाध्यक्ष तथा खानेपानी सुरक्षा समिती संयोजक दिपक लम्सालले जानकारी दिनुभयो । कार्यक्रम सस्थाका सचिव धनबहादुर गुरुङको संचालनमा भएको थियो । सो अवसरमा ब्यवस्थापक बिस्नुकुमार भुसालले सस्थाको गतिविधि बारे जानकारी दिनु भएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

