दोरेन्द्र खड्का /बझाङ भद्र ५ वल्र्डभिजन संस्थाबाट संचालित परियोजनाका लागि बझाङ जिल्लामा स्थापना गरिएको जिल्ला परियोजना सल्लाहकार समितिको बैठ्क शनिबार सम्पनन भएको छ ।
जिल्ला समन्वय समितिका संयोजक खड्क बहादुर खड्काको अध्यक्षतामा भएको बैठ्कमा वल्डभिजनको साँझेदार संस्था प्रगतिशिल युवासमाजले परियोजनाबाट संचालित योजना कार्यक्रमहरुको प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
साँझेदार संस्था प्रगतिशिल युवासमाजका कार्यकारी निदेशक लवराज जोशीले वल्डभिजनको आर्थिक सहयोगमा संचालित समाबेशी तथा गुर्णस्तरिय शिक्षा ,समुदायमा आधारित बाल प्रायोजन र पोषण तथा उत्थानशील जिवीकोपार्जन परियोजनाबाट भए गरेका क्रियाकलाप र खर्च बिवरण बैठ्कमा जानकारी गराएका थिए ।
वल्डभिजनको साँझेदारीमा प्रगतिशिल युवासमाजबाट जिल्लाका जयपृथ्बी नगरपालिका र केदारस्युँ गाउँपालिकामा परियोजना लागु गरिएको छ ।
परियोजनाबाट संचालित बिभिन्न कार्यक्रमहरुबाट यी दुई पालिकामा लक्षीत बर्गहरुको पोषण अवस्थामा सुधार भएको विपन्न गरिब परिवारको आर्थिक स्थितिमा सुधार भएको साथै महिलाहरुको कार्यबोझ घटेको जस्ता उपलब्धी भएको जानकारी गरेको थियो । साथै कार्यक्रम संचालन भएका केहि वडामा बिपत तथा जलवायु उत्थानशिल योजना तैयार भएको र कोभिडको बेला बिद्यालय बन्द हुदाँ पढाई शिविर संचालन गरी बालबालिकाको पढाईमा निरन्तरता भएको पनि बैड्कमा परियोजनाका कर्मचारीहरुले बताएका थिए ।
बैठ्कमा परियोजनाबाट संचालित कार्यक्रमहरु निकै उपलब्धी र प्रभावकारी भएको बताउँदै प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले आगामी दिनमा पनि विपन्न बालबालिकाको शैक्षिक तथा जिवन सुधारका लागि परि।योजनाले जोड दिनु पर्ने बताएका थिए ।
गर्त बर्ष देखि लागु भएको वल्डभिजनले साँझेदार संस्था मार्फत आठ करोड त्रिहत्तर लाख बयालीस हजार खर्च भएको सार्वजनिक गरिएको थियो ।
वल्डभिजनले यस अगाडि पनि कोभिड बाट प्रभावित बालबालिकाको परिवारलाई खाद्यन्न राहत साथै अस्पताल लाई स्वास्थ्य सामाग्री सहयोग गरेको थियो । वल्डभिजनले बालबालिका लाई लक्षित गरी बालबालिकाको शैक्षिक सुधार साथै समुदायको बिकासमा टेवा पु¥याउदै आएको छ । बैठ्कमा यो कार्यक्रम लागु भएका दुईवटै पालिकाका बिषयगत शाखा प्रमुख साथै सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

