काठमाडौं । नेपालमा थप दुई हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १३ हजार ७५ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा दुई हजार ७५ जनाको नतिजा पोजिटिभ आएको हो । सात हजार ७०३ नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार ४२४ र पाँच हजार ४७२ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ६५१ जनामा संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण ३० जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ४८५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर दुई हजार ३८२ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ९५ हजार ९२५५ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३२१ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

