Rashtriya Dainik

लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार मन्त्री यादवद्धारा बाढिप्रभावित क्षेत्र अवालेकन

नवलपरासी , ५ भदौ । लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री सहसराम यादवले नवलपरासीको बाढि प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । मन्त्री यादवले जिल्लाको पाल्हीनन्दन गाउँपालिका वडा १ शंकरपुर, वडा २ मुडेरा, सरावल गाउँपालका वडा ६ र ७ को बाढि प्रभावित क्षेत्रको अवलोकन गरेका हुन ।

मन्त्री यादवले बाढी प्रभावित क्षेत्रको अवलोकन गर्दै झरही नदीमा व्यापक तटबन्ध गरि उक्त क्षेत्रलाई बाढीबाट जोगाउन आश्वासन दिनु भयो । उक्त क्षेत्रमा आउने बाढीको पानीलाई सहजै निकास दिन नदी, कुलानाला व्यवस्थापन गर्न र झरही नदीबाट पानी ओभरफ्लो बाढी हुने समस्यालाई रोक्न नदीमा व्यापक तटबन्ध कार्य गरि उक्त क्षेत्रलाई बाढीबाट जोगाउन उचित बजेटको व्यवस्थापन समेत गर्न मन्त्री यादवले प्रतिबद्धता जनाउनु भयो । मन्त्री यादवले बाढीबाट प्रभावित क्षेत्रका किसानहरुको समस्यालाई प्राथमिकतामा राखी त्यसको दिर्घकालिन सामाधान गर्न आवश्वासन दिनु भयो ।


जिल्लामा कार्यकर्ता भेटघाट तथा बाढी प्रभावित क्षेत्रको अवलोकनका लागि आउनु भएको मन्त्री यादवले महेसपुरमा निर्मित शहिद जगदिस पासवानको शालिकमा माला अर्पण गर्दै पाल्हीनन्दन गाउँपालिका वडा १ को सभाहलमा पार्टीका कार्यकर्ताहरु संग अन्तरकृया समेत गर्नु भएको हो ।

मन्त्री यादव संगै पुर्व रक्षाराज्य मन्त्री रामवचन यादव, पूर्व शिक्षाराज्य मंत्री गोविन्द चौधरी, पूर्व सांसद चिनक कुर्मी, जसपाका केन्द्रीय सदस्य मुना गुप्ता, उमाशंकर यादव, वीरेन्द्र यादव, जिल्ला अध्यक्ष धरेन्द्र यादव, प्रदेश सदस्य इन्दा चौधरी, पाल्हीनन्दन गाउँपालिका वडा १का वडा अध्यक्ष लल्लन प्रसाद यादव, जसपा पार्टी गाउँपालिका वडा १ का सभापति गोविन्द पटेल, स्थानिय गुडु पटेल लगायतका थुप्रै कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित