कार्तिक २२नवलपरासी पश्चिम ानवलपरासी काे प्रतापपुर गाउपालिका वडा न ३गिदहामा स्थापित नमस्ते युवा क्लव ,सशस्त्र प्रहरी बल नेपाल बेश क्याम्प सेमरी र ईलाका प्रहरी कार्यालय सेमरीकाे सयुक्त अायाेजनामा अाज गिदहामा सरसफाइ कार्यक्रम सम्पन्न गरिएकाे छ। नमस्ते युुवा क्वलवका अध्यक्ष नन्दु प्रसाद यादव काे अध्यक्षता तथा सशस्त्र प्रहरी बल नेपाल बेश क्याम्प सेमरी का प्रहरी निरिक्षक खडक बहादुर खडकाकाे प्रमुख अतिथ्यताा तथा ईप्रका सेमरीका ईन्चार्ज भिमसेन बिस्टकाे विशेष अतिथ्यतामा कार्यक्रम सम्मपन्न भएकाे हाे । गाउँ घरसफा राखाै ,राेगबाट बचाै ,सबैले चर्पीकाे प्रयाेग गराै लगायत काे नारा सहित गाउमा रहेकाे कालिका मन्दिरकाे सरसफाइ र टाेलकाे सरसफाई गरि अाम नागरिकमा पनि जनचेतना जगाईएकाे क्लबका अध्यक्ष यादव ले बताउनु भयाे।खास गरि गाउलाई सफा सुग्घर र राेगबाट बच्ने उदेश्यका साथ सरसफाइ गरिएकाे बताईएकाे छ। काेदालाे झाडु हसिया लगायतका सामाग्रि लिई सरसफाइ गरिएकाे हाे ।क्लब ले बिभिन्न सामाजिक कार्यक्रम गर्दैअाएकाे छ ।अाम जनतालाई हरेक सुचना छिटाे छरिताे जानकारी पाउने उदेश्यले अबकाे १हप्ता भित्र गाउमा फ्रि वाईफाई जडान गर्ने समेत क्ल्बकाे याेजना रहेकाे छ।कार्यक्रम मा क्लबका उपाध्यक्ष दिलिप कुमार बरइले स्वागत मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे भने कार्यक्रम लाई क्लबका सचिव बिनाेद काेहार सन्चालन गर्नु भएकाे थियाे । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।