Rashtriya Dainik

मुख्यमन्त्री “बेटी पढाउ, बेटी बचाउ” अभियान अन्तर्गत नेराआबी बेलवामा साईकल वितरण

बिरगंज ५ भदौ
प्रदेश नं.२ सरकारको लोकप्रिय कार्यक्रम मुख्यमन्त्री “बेटी पढाउ, बेटी बचाउ” अभियान अन्तर्गत नेपाल राष्ट्रिय आधारभुत बिधालय पटेर्वा सुगौली गाउँपालिका २ नं. वडा बेलवामा अध्ययनरत कक्षा-८ का १६ जना छात्राहरुलाई साईकल वितरण गरिएको युवा नेता शिव कुमार साहले बताए ।
प्रदेश नं. २ मा शिक्षाको कमि रहेको र महिलालाई विभेद गरिएकोमा शिक्षाको मुलधारमा महिलालाई ल्याई बराबरी हैसियत कायम गरि समाजमा सकारात्मक सन्देश दिन खोजिएको हो । आजको छोरी बेटि भोलिको आमा, बुहारी हुने भएकोले ती छोरीलाई स्सक्त बनाउनको लागि कक्षा ८ का छोरिलाई साइकल प्रदान गरि उच्च शिक्षा प्रदान गर्नको लागि अग्रसर गर्न खोजिएमा सो कार्यमा शिक्षक, अभिभावक, बिद्यार्थी र स्थानीयको उत्साह जनक सहभागिता रहेको प्रदेश सदस्य दिपक यदवले बताए
नेपाल राष्ट्रिय आधारभुत बिधालय पटेर्वा सुगौली गाउँपालिका २ नं. वडा बेलवाका बिधालय ब्यवस्थापन समितिको अध्यक्ष बृजकिशोर दासको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रसासन कार्यालय पर्साका प्रमुख जिल्ला पिताम्बर घिमिरे, अतिथि जसपा नेपालको प्रदेश सदस्य दिपक यदव, क्षेत्रीय अध्यक्ष नगेन्द्र यादव, युवा नेता शिव कुमार साह, पटेर्वा सुगौली गाउँपालिका उपाध्यक्ष ममता महतो, २ नं. वडाका वडा अध्यक्ष बिजय गैरे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा स्थानीय नेता रसिद मिया, भिखारी देवान, पटेर्वा सुगौली गाउँपालिका शिक्षा प्रमुख सम्भु साह, प्र.अ. मन्तुरा देभी, दोवारिका उपाध्याय, प्रहरी प्रसासन, बिधालयका शिक्षक र बिद्यार्थी एवं स्थानीय नागरिकको सहभागिता रहेको थियो भने कार्यक्रम संचालन शिक्षक अनिल कपुरले गर्नु भएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित