Rashtriya Dainik

नवलपरासीमा पिकअप सहित ३ लाख भन्दा बढीको मालसामान बरामद

संजय कुशवाहा / नवलपरासी ४ साउन
पश्चिम नवलपरासी प्रहरीले ३ लाख १५ हजार मुल्य बराबरको अवैध बोईलर कुखुरा तथा मालसामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको र नेपालबाट अवैध रुपमा भारततर्फ लैजादै गरेको करिब ३ लाख १५ हजार १ सय २ मुल्य बराबरको बिभिन्न मालसामान तथा अवैध वोईलर कुखुरा जिल्लाका बिभिन्न स्थानबाट बरामद गरेको छ ।

शुक्रबार बिहान भारतबाट भन्सार छलि नेपालतर्फ अवैध रुपमा ल्याउदै गरेको करिब २ लाख ३५ हजार मुल्य बराबरको कुखुराका चल्ला २ हजार गोटा , लेडिज कुर्ता सुरुवाल, साडी लगायत थानका कपडाहरू ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले बर्दघाट नगरपालिका वडा नं. ४ त्रिवेणी चोकबाट बरामद गरेको हो । उक्त कुखराका चल्ला बोकी ल्याएको लु २ च ६८९८ नं. को पिकअप जिप र कुखरा धनी जिल्ला नवलपरासी बर्दघाट नगरपालिका वडा नं.४ बस्ने सुमित काउचा मगर समेतलाई पक्राउ गरी आवश्यक कारबाहीको लागी पशु क्वारेन्टाईन महेशपुर पठाईएको छ ।

यसैगरी भारतबाट अवैध रुपमा ल्याउदै गरेको ग्यास चुलो अन अफ गर्ने बटम , पाईप , रेगुलेटर , स्क्रु प्याकेट, प्रेशर कुकरको नट, बोल्ट, रबर , बनस्पती घ्यु र लेडिज सुट ईलाका प्रहरी कार्यालय अमानिगंजबाट खटिएको प्रहरी टोलीले पाल्हीनन्दन गाउँपलिका वडा नं.२ भक्सीपुरबाट बरामद गरेको छ । उक्त बरामद सामानको मुल्य ५९ हजार ७ सय २८ बराबर रहेको छ ।

यसैगरी नेपालबाट भारततर्फ अवैध रुपमा लैजादै गरेको किसमिस लेखेको ४ कार्टुन र दादा लेखेको ४ कार्टुन मादक पदार्थ (रक्सी), २० लिटर पेट्रोल र ७४ लिटर डिजेल समेत प्रहरी चौकी गुठीप्रसौनीबाट खटिएको प्रहरी टोलीले प्रतापपुर गाँउपलिका वडा नं.७ गुठी सुर्यपुराबाट बरामद गरेको छ । उक्त बरामद सामानको मुल्य करिब २० हजार ३ सय ७४ बराबरको रहेको छ ।
बरामद भएका मदिरा,पेट्रोल,डिजिल, बिभिन्न कपडा लगायतका मालसमानहरु आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालयका पश्चिम नवलपरासीले बताएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित