नेपालगन्ज/ भदौ ४ ।
मुस्लिम समुदायको मोहोरर्मको अवसरमा आज भेरी अस्पतालमा फलफुल तथा पौष्टिक सामाग्री बितरण गरिएको छ। मुस्लिम समुदायका युवाहरु द्वारा सो सामग्री बितरण गरिएको हो।
भेरी अस्पतालको कोभिड वार्ड र गाईनो वार्ड गरि १०० जना बिरामी लाई फलफुल पानी ग्लुकोज ड्राई फ्रुट लगायतका सामग्री वितरण गरिएको आयोजकले जनाएको छ। मुस्लिम युवाहरूले ईस्लामले करबला बाट पाएको एकता शान्ति सद्भाव तथा आपसी भाईचाराको सन्देश लाई समाजमा प्रवाह गर्ने उद्देश्यले सो कार्यक्रम गरिएको समुहका युवा मो.आसिफ अन्सारीले बताउनु भयो। पैगम्बरे इस्लामका का नाति हजरत ईमाम हुसैन लाई आजैको दिनमा करबलामा शहिद गरेको सम्झ्नामा ईमाम हुसैनले दिएका सन्देश आजको युवाहरु लाई बुझाउन आवस्यक रहेको समाजसेवी तथा युवा अभियान्ता साहिल अन्सारीको भनाई छ।
भेरी अस्पताल बिकास समितीका सदस्य कृष्ण प्रसाद श्रेष्ठले कामको प्रशन्सा गर्दै मुस्लिम समुदायका युवाहरुले मोहरर्मको अवसरमा यस्तो मानवीय कामले अस्पतालमा भर्ना भएका बिरामीलाई सहयोग पुग्नुका साथै मानसिक मनोबल समेत बढेको जिकिर गर्नुभयो।सो बितरण कार्यक्रममा समाजसेवी तथा अधिकारकर्मी रचना श्रेष्ठ, चिकित्सक शिक्षा अध्ययनरत अजहर हुसैन फारुकी युवा अभियान्ता,ईबरार खान अन्कित श्रीवास्तव, बिज्ञान बराल, अभिषेक हलवाई लगायतका युवाहरुको उपस्थिति रहेको थियो।सोहि सन्दर्भमा सो समुहले नेपालगन्जको विभिन्न चोकहरुमा आजै सुरक्षाकर्मीहरुलाई पानी तथा बिस्कुट बितरण गरेको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

