राजन कुमार बानिया / पोखरिया ४ भदौ
पर्साको पोखरिया नगरपालिका वडा नं ९ मा निर्माण भएको नव निर्मित वडा कार्यालय भवनको एक कार्यक्रमका बिच पोखरिया नगरपालिकाको मेयर दिपनारायण रौनियारले उदघाटन गरेका छन। पोखरिया नगरपालिकाको वडा नं ९ मा वडा कार्यालयकाे भवन नरहेकोले नगरपालिकाको सहयोगमा निर्माण गरिए छ।नव निर्मित वडा कार्यालय भवनको बिधुवत रुपमा पुजापाठ गरि उदघाटन गरिएको हो ।तिन कोठे भवन र हल भएको भवन करिब २५ लाखको लागतमा निर्माण गरिएको हो। उदघाटन कार्यक्रम वडा नं ९ का वडा अधयक्ष रामबाबु चौहानको अधयक्षता समपन भएको थियोे । कार्यक्रममा वडाअधयक्ष सोनालाल साह, सुरेन्द्र यादव,जिल्ला समन्वय समिति सदस्य रिजवान अालम,जसपा नेपाल लोकतान्त्रिकका केन्द्रीय सदस्य निजामुदिन समानी,नगरपालिकाको योजना प्रमुख संजय पाण्डे ,नौसाद अालम, रामबचन महतो, सुरेन्द्र सिंह,लगायत स्थानियहरुको सहभागीता रहेको थियोे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

