Rashtriya Dainik

अध्यादेश विरुद्धको प्रर्दशनमा युवा नेता भट्टराई घाइते

राष्ट्रिय दैनिक / नवलपरासी , २ भदाै । अध्यादेशविरुद्धको प्रदर्शनमा प्रहरीकाे हस्तक्षेप पछि राष्ट्रिय युवा संघ नवलपरासीका युवा नेता धनप्रसाद भट्टराई घाईते भएका छन् । प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गर्दा युवा नेता भट्टराई घाईते भएका हुन् ।
बुधबार दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा उत्रिएका नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ , विद्यार्थी संगठन अनेरास्ववियू र प्रहरीबीच झडप भएकाे थियाे ।
वर्दघाट वजारकाे चाेक अगाडि वाट निकालिएको मसाल जुलुसलाई प्रहरीले रोक्न खोजेपछि झडप भएको हो । विद्यार्थी नेता कार्यकर्ताले शान्तिपुर्ण आन्दाेलन गरिएको भएता पनि प्रहरीले हस्तक्षेप गरेकाे थियो !
प्रहरीले दमन र हस्तक्षेप गरेकाेमा राष्ट्रिय युवा संघ नेपाल का जिल्ला अध्यक्ष युवराज डुम्रे , युवा नेता प्रदिप सुवेदी , युवा संघ केन्द्रीय सचिवालय सदस्य ईश्वर उपाध्याय र अनेरास्ववियु केन्द्रीय सदस्य शुसान्त शर्मा घिमिरेले आपत्ति जनाउदै घाईते भट्टराईकाे सिघ्र स्वास्थ्यलाभकाे कामना गरिएकाेछ !!

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित