कृष्णा यादव/साउन २ गते बुधबार
सिमानाका मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरीको सहयोगले सिमानाका सिल भएपनि पर्साको भिसवा नाकावाट व्यापकरुपमा कबाड, जुटको बोरा , हाडयेवर , लत्ताकपडा,मोटर , मरिच लगाएतको सामानको व्यापकरुपमा तस्करी भईरहेको छ।
सशस्त्र प्रहरी भिस्वा प्रमुख एवम सशस्त्र प्रहरी निरीक्षक संजिप बानियाँले भिस्वा, गुडगाई नाकावाट ठूलो मात्रामा कवाड ,चाईनीज स्याउ, युनिलिभरको फेयर एण्ड लब्ली, क्लोजअप पेस्ट जस्ता कष्टमेटिक सामान तथा मटर, मरिच, छोकडा,जुटको बोराको ठूलो मात्रामा तस्करी भैरहेको समाचार प्राप्त भएको छ।
पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे पर्सा जिल्लाको प्रमुख भई जिम्मेवारी सम्भालेको दिन देखि तस्करीमा कडाई गरि तस्करीको सामानहरु धमाधम पक्राउ गरि करोडौंको राज्शव वीरगंज भन्सार बुझाउदै अाएपनि सशस्त्र प्रहरीको मिलोमतोमा भईरहेको कारणले गर्दा नेपाल प्रहरीनै बदनाम भईरहेको एक प्रहरीले जनाएका छन्।
सशस्त्र प्रहरी बल २ नम्बर प्रदेश प्रमुख चन्द्र प्रकाश गौतमले जिल्लाका सशस्त्र प्रहरीहृरुलाई तस्करी बन्द गरने निर्देशन दिए पनि सशस्त्र प्रहरी निरीक्षक बानियाँले निर्देशन विपरीत तस्करीको लाईन दिई धज्जिया उडाउदै गरेको देखिएको छ।
सशस्त्र प्रहरीको बाहिनीका केही हाकिमहरुलाई समेत सेटिङ मिलाएर यहाँबाट ठूलो मात्रामा तस्करी भएको हो । सशस्त्र प्रहरीको सेटिङमा कबाड तस्करीको लाइन पाउनेमा शशीकान्त कुशवाहा र स्याउ तस्करीको लाईन पाउनेमा मुन्ना जैसवाल रहेका छन् । त्यस्तै युनिलिभरको फेयर एण्ड लब्ली, क्लोजअप पेस्ट जस्ता कष्टमेटिक, मटर, मरिच ,छोहडा तस्करीको लाईन पाउनेमा हरि कोईरी र रामु जैसवाल रहेका छन् ।
अहिले भिस्वा नाकावाट काम गर्ने कबाड तस्कर शशिकांत कुशवाहा, ,चाईनीज स्याउ,हड्डी तस्कर मुना जैसवाल,युनिलिभरको फेयर एण्ड लब्ली, क्लोजअप पेस्ट जस्ता कष्टमेटिक, मटर, मरिच ,छोकडाको तस्कर हरि कोईरी र रामु जैसवालहरु सित सशस्त्र प्रहरीको भिस्वास्थित रहेको बीओपीका इन्सपेक्टर संजीव बानियाँले लाखौं रुपैयाको नजराना बुझि तस्करीको लाईन दिएको नाम नछाप्ने एक तस्करले बताएका छन् ।
भिस्वाका यी व्यापारीहरुले बजार व्यवस्थापन समितिको नाममा बीरगञ्जबाट माल ल्याई स्टोर गरेर राख्ने र रातारात इन्डिया कटाई हाल्ने गरेको स्थानीयहरु बताउँछन् । नेपाल-भारत बोर्डरको दशगजा नजिक उनीहरुको गोदाम रहेको छ। सो गोदामको छेऊछेऊमै रहेपनि रातिको समयमा सिमानाकामा रहेका सशस्त्र प्रहरीको सहयोगले तस्करी भईरहेको स्रोतले जनाएको छ।
त्यसै गरि ,मुमताज हुसेन ,सहिद आलम ,कवाड र जुटको बोरा के तस्करीको लाईन वापत लाखौं रुपैयाको नजराना बुझाई रातिको समयमा १० वटा ट्याक्टरमा लोड गरि भिस्वानाका वाट कटाउने गरेको छ।
यिनीहरुको माल कटाउनको लागि सिक्टाको पप्पु र भिस्वाको लड्डुले कामदारहरु ल्याई ठेक्का लिई भारततर्फ माल कटाउने गरेको बताइएको छ ।
उनीहरुले राती मात्र नभई दिनमा पनि २०-२५ महिलाको प्रयोग गरि आधा आधा बोरा गरेर दिउँसो पनि सामान कटाउने गरेको त्यहाँ जाने जोकोहीले देख्ने गरेका छन् ।
यस्ता गतिविधि तर्फ सम्बन्धित निकायको ध्यान जान यति अावशयक देखिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

