Rashtriya Dainik

हजरत इमाम हुसैनको पुण्यतिथिमा नवलपरासीमा विसाल ताजिया मेला लाग्ने

अशोक कुमार गुप्ता / नवलपरासी ,२ भदौ

पश्चिम नवलपरासीकाे पाल्हीनन्दन गा•पा को वडा नं ५ विष्णुपुरामा इस्लाम धर्मावलम्बीहरूको तेस्रो महान पर्व मुहर्रमको अवसरमा विसाल ताजिया मेला लाग्ने भएको छ।

मुहर्रम” इस्लामिक कैलेंडरको पहिलो महीनाको नाम हो। यो महिनालाई सोकको महिना पनि भनिन्छ। यो कुनै किसिमको पर्व होइन। यो महिनामा इस्लाम धर्मको संरक्षक मानिने धर्मगुरू हजरत इमाम हुसैनको आफ्नो घरपरिवार सहित ७२ जनाको ज्यान जोगाउनका लागि इराकको बगदादस्थित शहर करबलामा सहिद भएकाले उहाँको यादलाई तरोताजा बनाउन बाँस र कागजको प्रयोग गरि विभिन्न किसिमका सजावटले ताजिया बनाइ दर्शन गर्ने इस्लाम धर्मावलम्बीहरूको परम्परागत चलन चल्दै आएको छ।

मुहर्रमका दिन सबै मुस्लिमहरूलाई मर्माहत तुल्याएको हुन्छ।त्यसैले हजरत इमाम हुसैनको सम्झनामा तथा पुण्यतिथि ताजियाको निर्माण गरि मनाइन्छ।

नवलपरासीकै ठुलो तथा विसाल रहेको ताजिया गत बर्ष २०७७ मा नेपाल लगायत पुरै विश्व भरि नै कोभिड-१९ को विषम महामारीमा होमिएको कारणले मेला स्थगित गरिएको थियो। हाल कोभिड-१९ को महामारी नगए पनि नेपालको अवस्था केही हदसम्म सामान्य रहेको र अधिकांश नेपाली नागरिकहरू कोभिड-१९ को भ्याक्सिन समेत लगाइ सकेका हुनाले यस पालि मेला लाग्ने निश्चित भएको छ।

करिब ९० देखि १०० फिट उचाइ रहेको ताजियामा ८ कोठी बाँस र १३ रिङ्ग कागज (१ रिङ्ग बराबर १००० ताव)को प्रयोग भएको ताजिया मिस्त्रि प्रशुराम कुर्मीले जानकारी दिएका छन्।

नवलपरासीकै ठुलो तथा विसाल रहेको ताजिया मेलामा दर्शकहरूको ठूलो भिडभाड हुने भएकोले कोभिड-१९ बाट बच्न तथा सुरक्षित रहन बिना मास्क कसैलाई पनि मेला भित्र प्रबेश गर्न नदिने, भिडभाड खुकुलो गर्न पसलहरू पनि टाढा-टाढा राख्न लगाउने र आफु सुरक्षित रहने गरि दर्शकहरूले मेलाघाट गर्ने भनि ताजिया समितिका अध्यक्ष सोहराब देवानले बताएका छन्।

मेला हजरत इमाम हुसैनको पुण्यतिथिमा मोहर्रमको दिन देखि लगातार तिन दिन सम्म लाग्ने समितिका कोषाध्यक्ष छोटेलाल पुरीले जानकारी दिएका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित